काठमाडौं । अफ्रिका कप अफ नेसन्समा ट्युनिसियाले सानदार जित दर्ता गरेको छ ।
समूह ‘एफ’ अन्तर्गत ट्युनिसियाले माउरिटानियालाई ४–० ले पराजित गरेको हो ।
ट्युनिसियाको जितमा वाहबी खजरीले दुई तथा हाम्जा माथलाउथी र जाजिरीले एक–एक गोल गरे ।
माथलाउथीले खेलको चौथों मिनेटमा गोल गर्दै ट्युनिसियालाई अग्रता दिलाएका थिए ।
खजरीले ८ औं तथा ६४ औं मिनेटमा दुई गोल गर्दा जाजिरीले ६६ औ मिनेटमा गोल गर्दै ट्युनिसियालाई सानदार जित दिलाए ।
ट्युनिसिया यस अघि पहिलो खेलमा मालीसँग १–० पराजय भोगेको थियो ।
यसै समूहमा मालीले भने गाम्बियासँग १–१ को बराबरी खेल्यो ।