रियललाई सुपर कपको उपाधि
सोमबार, ०३ माघ २०७८खेलपाटी संवाददाता

काठमाडौं । रियल मड्रिडले स्पेनिस सुपर कप फुटबलको उपाधि जितेको छ ।
आइतबार राति भएको फाइनलमा एथ्लेटिक बिल्बाओलाई २-० गोल अन्तरले हराउँदै रियलले उपाधि जितेको हो ।
रियललाई जित दिलाउन लुका मोड्रिच र करिम बेन्जिमाले एक एक गोल गरे ।
खेलको ३८ औं मिनेटमा मोड्रिचले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ५२ औं मिनेटमा बेन्जिमाले पेनाल्टीमा गोल गर्दै रियललाई च्याम्पियन बनाए ।
खेलको ८७ औं मिनेटमा इडर मिलिटाओले रातो कार्ड पाएपछि रियल १० खेलाडीमा समेटिएको थियो ।
यस्तै ८९ औं मिनेटमा बिल्बाओका राउल गार्सियाले पेनाल्टीमा गोल गर्न सकेनन् । उनको प्रहार रियलका गोलकिपर थिबाउट कोर्टुवाले बचाए ।
यससँगै रियलले १२ औं पटक सुपर कप उपाधि जित्न सफल भएको छ ।
सुपर कपको सर्वाधिक च्याम्पियन बार्सिलोना हो । बार्सिलोनाले १३ पटक सुपर कप जितेको छ ।
रियललाई सुपर कपको उपाधि









%20(1)-1771145193825.jpeg&w=3840&q=75)

-1771139897683.jpeg&w=3840&q=75)
-1771139095251.jpeg&w=3840&q=75)

