काठमाडौं । अफ्रिका कप अफ नेसन्समा इक्वाटोरियल गिनीले डिफेन्डिङ च्याम्पियन अल्जेरियालाई स्तब्ध तुल्याएको छ ।
समूह ‘ई’ अन्तर्गत इक्वाटोरियलले अल्जेरियालाई १–० ले पराजित गरेको हो ।
पराजयसँगै अल्जेरिया समूह चरणबाटै बाहिरिने सम्भावना बढेको छ ।
यस अघि अल्जेरियाले आफ्नो पहिलो खेलमा सियरा लियोनीसँग गोलरहित बराबरी खेल्दै अक बाडेको थियो ।
इक्वाटोरियलले भने पहिलो खेलमा आइभरी कोस्टसँग १–० को पराजय भोगेको थियो ।
तर यस जितसँगै इक्वाटोरियलले अघिल्लो चरणको सम्भावना बलियो बनाएको छ ।
अल्जेरियाविरुद्धको जितमा इक्वाटोरियलका लागि इस्टेवन ओवियाङले ७० औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।
यस समूहमा आइभरी कोस्टको ४, इक्वाटोरियलको ३, सियरा लियोनीको २ र अल्जेरियाको १ अंक रहेको छ ।