काठमाडौं । अफ्रीका कप अफ नेसन्समा आइभरी कोस्ट बराबरीमा रोकिएको छ ।
आइतबार राति भएको खेलमा आइभरी कोस्ट सिएरा लियोनसँग २-२ गोलको बराबरीमा रोकिएको हो ।
दुई पटकको अग्रता जोगाउन नसक्दा आइभरी कोस्ट बराबरीमा रोकिएको हो ।
खेलको २५ औं मिनेटमा सेबास्टियन हालेरले गोल गर्दै आइभरी कोस्टलाई सुरुआती अग्रता दिलाएका थिए ।
मुसा कामराले ५५ औं मिनेटमा गोल गर्दै लियोनलाई १-१ गोलको बराबरीमा फर्काए ।

खेलको ६५ औं मिनेटमा निकोलस पेपेले गोल गर्दै आइभरी कोस्टलाई २-१ गोलको अग्रता दिलाए ।
तर, खेलको इन्जुरी समयमा अल्हाजी कामराले गोल गर्दै लियोनलाई २-२ गोलको बराबरीमा ल्याए ।
यस बराबरीसँगै आइभरी कोस्टले २ खेलमा ४ अंक जोडेको छ ।
समूह ई को आइभरी कोस्ट शीर्ष स्थानमा रहेको छ ।
लियोन २ खेलमा २ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
अर्को खेलमा ट्युनिसियाले मौरिटानियालाई ४-० गोल अन्तरले हराएको छ ।