काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले सहज जित निकालेको छ।
आइतबार भएको खेलमा लिभरपुलले ब्रेन्टफोर्डलाई ३-० गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा लिभरपुललाई जित दिलाउन फाबिन्हो, एलेक्स चाम्बरलिन र ताकुमी मिनामिनोले एक एक गोल गरे ।
खेलको ४४ औं मिनेटमा फाबिन्होले गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाएका थिए ।
६९ औं मिनेटमा चाम्बरलिनले गोल गर्दै लिभरपुललाई २-० को अग्रता दिलाए ।
त्यसपछि खेलको ७७ औं मिनेटमा मिनामिनोले गोल गर्दै लिभरपुललाई ३-० को जित दिलाए ।

यस जितसँगै लिभरपुल दोस्रो स्थानमा उक्लिएको छ ।
लिभरपुलले २१ खेलमा ४५ अंक जोडेको छ ।
ब्रेन्टफोर्ड २३ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।
प्रिमियर लिग अन्तर्गत नै अर्को खेलमा लिड्सले वेस्ट ह्यामलाई ३-२ गोल अन्तरले हराएको छ ।