काठमाडौं । इंग्लिस क्लब एभर्टनले मुख्य प्रशिक्षक राफायल बेनिटेजलाई बर्खास्त गरेको छ ।
एभर्टनले आइतबार बेनिटेजलाई बर्खास्त गरेको हो ।
लिभरपुलका पूर्व प्रशिक्षक समेत रहेका बेनिटेजले एभर्टनसँग तीन वर्षको सम्झौता गरेका थिए ।
तर, एभर्टनले बेनिटेजलाई नियुक्त गरेको ६ महिनामै बर्खास्त गरेको हो ।
कार्लो एन्सेलोटीले क्लब छाडेपछि एभर्टनले उनलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।
६१ वर्षीय स्पेनिस प्रशिक्षक बेनिटेजले यस अघि रियल मड्रिड,लिभरपुल, चेल्सी, इन्टर मिलान, नापोली, भ्यालेन्सिया र न्युकासल हेरेका थिए ।