एभर्टनद्वारा मुख्य प्रशिक्षक बेनिटेज बर्खास्त
आइतबार, ०२ माघ २०७८खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस क्लब एभर्टनले मुख्य प्रशिक्षक राफायल बेनिटेजलाई बर्खास्त गरेको छ ।
एभर्टनले आइतबार बेनिटेजलाई बर्खास्त गरेको हो ।
लिभरपुलका पूर्व प्रशिक्षक समेत रहेका बेनिटेजले एभर्टनसँग तीन वर्षको सम्झौता गरेका थिए ।
तर, एभर्टनले बेनिटेजलाई नियुक्त गरेको ६ महिनामै बर्खास्त गरेको हो ।
कार्लो एन्सेलोटीले क्लब छाडेपछि एभर्टनले उनलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।
६१ वर्षीय स्पेनिस प्रशिक्षक बेनिटेजले यस अघि रियल मड्रिड,लिभरपुल, चेल्सी, इन्टर मिलान, नापोली, भ्यालेन्सिया र न्युकासल हेरेका थिए ।
एभर्टनद्वारा बेनिटेज बर्खास्त









%20(1)-1771145193825.jpeg&w=3840&q=75)

-1771139897683.jpeg&w=3840&q=75)
-1771139095251.jpeg&w=3840&q=75)

