सोमबार, ०४ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

आहा ! रारा गोल्डकपको तयारी तिव्र

आइतबार, ०२ माघ २०७८नारायण क्षेत्री
आहा ! रारा गोल्डकपको तयारी तिव्र

तस्बिर सौजन्य : सुदर्शन रञ्जित

Loading ad...
mustang rice ad

पोखरा । २० औं संस्करणको आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको तयारीलाई तिव्र पारिएको छ।

प्रतियोगितालाई कसरी सफल पार्ने भन्ने बिषयमा आयोजक सहारा क्लव पोखराले आइतबार सहारा युके, सहारा क्लब हङकङ र सहारा क्लब अष्ट्रेलियाका पदाधिकारी एवं सदस्यहरु संग छलफल गरेको छ ।

बैठकका सहभागीहरुले प्रतियोगिता सफल पार्न आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सहारा क्लब पोखराका अध्यक्ष हरिराम गुरुङ ‘सुरज’को अध्यक्षतामा भएको बैठकमा सहारा क्लब हङकङका उपाध्यक्ष खम गुरुङले प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न सहारा क्लब हङकङले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सहारा क्लब अष्ट्रेलियाका अध्यक्ष राजमान थकालीले समग्र क्लबको गतिविधिमाथि चर्चा गर्दै  हिमाअस एजुकेशसन, मुलबेरी र मुग्लान रेष्टुरेन्टको प्रायोजन रहने बताए ।

त्यस्तै सहारा युकेका अध्यक्ष ले.रि.कुसाङ गुरुङले प्रतियोगिता सफल पार्न सहारा युकेका पूर्व अध्यक्ष कुमार गुरुङ लगायत ५० जनाको टोली पोखरा आइसकेको जानकारी दिए ।

बैठकमा सहारा क्लब पोखराका संस्थापक अध्यक्ष वसन्त थकाली, क्लबका मानार्थ सदस्य एवं सहारा युकेका पूर्व प्रमुख सल्लाहकार महेश गुरुङ, तमु धिं युकेका अध्यक्ष हितकाजी गुरुङ लगायतले बोलेका थिए ।  

पोखरा रंगशालामा माघ ६ देखि १५ गतेसम्म आयोजना हुने प्रतियोगितामा १० टिमको सहभागिता रहनेछ । कोरोना महामारीको कठिन परिस्थितिबीच पनि स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी प्रतियोगिता संचालन गर्न लागिएको क्लबका महासचिव रामजीप्रसाद अधिकारीले बताए ।

No description available.

प्रतियोगितामा साविक विजेता संकटा क्लब, मच्छिन्द्र, मनाङ मर्स्याङ्दी, विभागीय नेपाल पुलिस, एपिएफ, नेपाल आर्मी, हिमालय शेर्पा, थिस्टार, अमेरिकाको बिवाईएससी, मिनेसोटा र आयोजक सहारा क्लब पोखराले प्रतिस्पर्धा गर्ने छन् ।

‘आत्मा साक्षि राखी मन, वचन र कर्मले सामाजिक सेवा गरौं’ भन्ने उद्देश्यका साथ २०५५ सालमा पोखराको पुरानो बसपार्कमा स्थापित सहारा क्लब पोखराको पर्यावाचीको रुपमा परिचित छ । क्लबले प्रतियोगिताबाट बचत रकम पोखराको दोबिल्लामा सञ्चालन गर्दै आएको सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा आश्रित बालकहरुको निम्ति खर्च गर्ने जनाएको छ ।

प्रतियोगितालाई पहिलो संस्करणदेखि नै हिमश्री फुड्स प्रा.लि.को उत्पादन आहा रारा तयारी चाउचाउले प्रायोजन गर्दै आइरहेको छ । त्यस्तै सर्वोकृष्ट खेलाडीको प्रायोजन अप्रिला स्कुटर, अफिसियल बैंंकका रुपमा लुम्बिनी बैंक रहेको छ भने सर्वाधिक गोलकर्ताको पुरस्कार हङकङ निवासी अधिवक्ता देव गुरुङले प्रायोजन गरेका छन् ।

राष्ट्रिय खेलकुद परिषद्, प्रदेश खेलकुद परिषद् गण्डकी, अखिल नेपाल फुटबल संघ, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, जिल्ला खेलकुद विकास समिति कास्की, कास्की जिल्ला फुटबल संघ, सहारा युके, सहारा क्लब हङ्गकङ्ग, र सहारा क्लब अष्ट्रेलियाको सहयोग तथा पोखरा महानगरपालिकाको संयोजनमा प्रतियोगिता आयोजना हुँदै आइरहेको छ ।

 

Loading ad...
LiNing Ad
आहा ! रारा गोल्डकपको तयारी तिव्र

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सलाह प्रेरित लिभरपुलको शानदार जित

सलाह प्रेरित लिभरपुलको शानदार जित

पोखरामा पुलिसमाथि साहाराको जित

पोखरामा पुलिसमाथि साहाराको जित

आर्मीलाई हराउँदै मछिन्द्र फाइनलमा

आर्मीलाई हराउँदै मछिन्द्र फाइनलमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
अबदेखि  खेल र अभ्यासमा स्टोक्सले लगाउने छन् हेल्मेट !

अबदेखि खेल र अभ्यासमा स्टोक्सले लगाउने छन् हेल्मेट !

सुपर ८ को दौडमा रहेन नेपाल

सुपर ८ को दौडमा रहेन नेपाल

विश्वकपमा सबैभन्दा धेरै रन बनाउने नेपाली ब्याटर बने ऐरी

विश्वकपमा सबैभन्दा धेरै रन बनाउने नेपाली ब्याटर बने ऐरी

वेस्ट इन्डिजलाई सम्मानजनक लक्ष्य

वेस्ट इन्डिजलाई सम्मानजनक लक्ष्य

१२ वर्षपछि विश्वकपमा नेपालको अर्धशतक

१२ वर्षपछि विश्वकपमा नेपालको अर्धशतक

भाटभटेनीको 'जर्सीको जर्नी'का विजेता मुम्बईमा

भाटभटेनीको 'जर्सीको जर्नी'का विजेता मुम्बईमा

वेस्ट ईन्डिजसँग भिड्दै नेपाल

वेस्ट ईन्डिजसँग भिड्दै नेपाल

सलाह प्रेरित लिभरपुलको शानदार जित

सलाह प्रेरित लिभरपुलको शानदार जित