लोककवि अलिमियाँ स्मृति फुटबल स्थगित
आइतबार, ०२ माघ २०७८खेलपाटी संवाददाता

पोखरा । तेस्रो संस्करणको लोककवि अलिमियाँ स्मृति खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता स्थगित भएको छ ।
नेपाल मुस्लिम युवा समिति कुँडहर पोखराको आयोजनामा माघ ८ देखि १५ गते सम्म आयोजना हुने भनिएको प्रतियोगिता स्थगित गरिएको हो ।
कोभिड–१९ तथा माघ ६ गते देखि आयोजना हुन लागेको आहा रारा गोल्डकप फुटबलका कारण असर पर्ने भएकाले प्रतियोगिता स्थगित गर्नु परेको समितिका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक अब्बु बकर मियाँले जानकारी दिए ।
प्रतियोगिताको मिति पछि पुनः निर्धारण गरिने संयोजक मियाँले बताए । लोककवि मियाँका नाति हिक्मत अलि मियाँको मुख्य प्रायोजनमा पोखरा–१३ माछापोखरी स्थित खेल मैदानमा आयोजना हुने प्रतियोगिताको विजेताले १ लाख २५ हजार र उपविजेता टिमले ७५ हजार प्राप्त गर्ने छ ।
लोककवि अलिमियाँ स्मृति फुटबल स्थगित









%20(1)-1771145193825.jpeg&w=3840&q=75)

-1771139897683.jpeg&w=3840&q=75)
-1771139095251.jpeg&w=3840&q=75)

