• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
विमल चम्किदा मछिन्द्रलाई ४ अंकको अग्रता
खेलपाटी संवाददाता
आइतबार, माघ २, २०७८ खेलपाटी संवाददाता
विमल चम्किदा मछिन्द्रलाई ४ अंकको अग्रता

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानको मछिन्द्र फुटबल क्लबले सहज जित निकालेको छ ।

आइतबार भएको खेलमा मछिन्द्रले ब्रिगेड ब्वाइज क्लबलाई ४-० गोल अन्तरले हराएको हो ।

मछिन्द्रलाई जित दिलाउन विमल घर्ति मगरले दुई गोल गरे । यस्तै रेजिन सुब्बा र अविशेक रिजालले एक एक गोल गरे।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ब्रिगेडले पहिलो हाफमा मछिन्द्रलाई गोलरहित बराबरीमा रोकेको थियो ।

तर, पहिलो हाफमा मछिन्द्रले पाएको थुप्रै अवसरमा गोल निकाल्न सकेन । 

खेलको १४ औं मिनेटमा रंजित धिमालको क्रसमा मछिन्द्रका देवेन्द्र तामाङको हेडर बलले पोस्टको दिशा लिन सकेन ।

खेलको २२ औं मिनेटमा छिरिङ गुरुङको क्रसमा विमल घर्ति मगरको हेड बल पोस्ट भन्दा केहि माथिबाट बाहिरिएको थियो ।

May be an image of 2 people and people standing

२५ औं मिनेटमा कर्नरबाट आएको बलमा मछिन्द्रका कप्तान सुजल श्रेष्ठको प्रहार ब्रिगेडका गोलकिपर गुरप्रित सिंहले मुश्किलले बचाए ।

खेलको २९ औं मिनेटमा रंजितको कर्नरमा मछिन्द्रका नोर्लन नोब्रुजोभको हेडर पोस्ट नजिकैबाट बाहिरियो ।

खेलको ४३ औं मिनेटमा मछिन्द्रका सुनिल बलको प्रहार ब्रिगेडका गोलकिपर सिंहले मुश्किलले बचाए ।

५१ औं मिनेटमा रंजितको कर्नरमा सिक्स यार्ड बक्स भित्रबाट देबेन्द्रको हेडर आकाशिएको थियो ।

तर, खेलको ५६ औं मिनेटमा विमलले गोल गर्दै मछिन्द्रलाई १-० गोलको अग्रता दिलाए  ।

ब्रिगेडका गोलकिपर सिंहले नियन्त्रणमा लिन नसकेको बल खोस्दै  छिरिङ गुरुङले गरेको क्रसमा रेजिन सुब्बाले उपलब्ध गराएको बलमा विमलले हेड मार्फत गोल गरे ।  

May be an image of 3 people, people standing, people playing sports, outdoors and text that says 'SSING OFCOURS www.khelpa com khelpati.com helpati www.khelp NEIITECO www.khelpati.com khelpati.com www.khelpati.com khelpati.com R सेतपाटी'

५८  औं मिनेटमा मछिन्द्रका सुनिलले पेनाल्टी एरिया बाहिरबाट प्रहार गरेको बल पोस्ट नजिकैबाट बाहिरियो ।

खेलको ६२ औं मिनेटमा विमलले व्यक्तिगत दोस्रो गोल गर्दै मछिन्द्रलाई २-० को अग्रता दिलाए ।

रंजितले उपलब्ध गराएको लामो पासमा विमलले ब्रिगेडका डिफेन्डर इबोडी ओट्टोउलाई बिट गर्दै गोल गरे ।

विमलले ६६ औं मिनेटमा ह्याट्रिकको मौका गुमाए । कप्तान सुजलको क्रसमा विमलले सिक्स यार्ड बक्स भित्रबाट प्रहार गरेको बल ब्रिगेडका गोलकिपर सिंहले मुश्किलले बचाए ।

यस्तै ७६ औं मिनेटमा विमलले खाली पोस्टमा गोल गर्न सकेनन् । ब्रिगेडका गोलकिपर बिट भईसकेको अवस्थामा विमलले बाहिर प्रहार गरे।  

खेलको ८४ औं मिनेटमा रेजिनले गोल गर्दै मछिन्द्रलाई ३-० को अग्रता दिलाए । विमलको पासमा उनले सहजै गोल गरे।

चोटबाट मुक्त हुँदै मैदान फर्किएका रेजिनले पहिलो खेलमै गोल गरेका हुन् ।

May be an image of 1 person, playing a sport and standing

खेलको ८६ औं मिनेटमा मछिन्द्रका अविशेक रिजालले गोल गरेका थिए। तर, अफसाइड देखिएपछि उनको गोलले मान्यता पाएन  ।

त्यसपछि खेलको इन्जुरी समयमा अविशेकले गोल गर्दै मछिन्द्रलाई ४-० गोलको जित दिलाए । कप्तान सुजलले उपलब्ध गराएको पासमा उनले ब्रिगेडका गोलकिपर सिंहलाई बिट गर्दै गोल गरे ।

यस जितसँगै मछिन्द्रले ९ खेलमा २३ अंक जोडेको छ । मछिन्द्रले लिगमा ४ अंकको अग्रता समेत बनाएको छ ।

मछिन्द्रले उपाधि होड समेत बलियो बनाएको छ ।

दोस्रो स्थानको मनाङ मर्स्याङ्दीको १९ अंक रहेको छ ।

ब्रिगेड ९ खेलमा ६ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।  

खेलमा मछिन्द्रका विमल म्यान अफ दि म्याच चुनिए ।

ब्रिगेडका रन्दिप पौडेल इमर्जिङ प्लेयर चुनिए ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्णिमा चम्किँदा भुटानमाथि नेपालको सहज जित
पूर्णिमा चम्किँदा भुटानमाथि नेपालको सहज जित
भुटानसँग पहिलो हाफमै ३ गोलको अग्रता
भुटानसँग पहिलो हाफमै ३ गोलको अग्रता
भुटानविरुद्ध खेल्ने नेपालको सुरुआती ११ सार्वजनिक
भुटानविरुद्ध खेल्ने नेपालको सुरुआती ११ सार्वजनिक
लाकेनले अब क्याम्बोडियन प्रिमियर लिग खेल्ने
लाकेनले अब क्याम्बोडियन प्रिमियर लिग खेल्ने
श्रीलंकामा थ्री नेसन्स कप फुटबल खेल्न नेपालले चाहेन
श्रीलंकामा थ्री नेसन्स कप फुटबल खेल्न नेपालले चाहेन
चर्च ब्वाइजको पहिलो जितमा सुशनको ५ गोल
चर्च ब्वाइजको पहिलो जितमा सुशनको ५ गोल
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेदरल्यान्ड्स पाँचौंपल्ट टी २० विश्वकपमा छनोट
नेदरल्यान्ड्स पाँचौंपल्ट टी २० विश्वकपमा छनोट
इटाली पहिलोपल्ट टी २० विश्वकपमा छनोट
इटाली पहिलोपल्ट टी २० विश्वकपमा छनोट
एनपीएल अनियमितताको छानबिन गर्न गठित कार्यदल निष्कर्षमा पुग्न सकेन !
एनपीएल अनियमितताको छानबिन गर्न गठित कार्यदल निष्कर्षमा पुग्न सकेन !
पूर्णिमा चम्किँदा भुटानमाथि नेपालको सहज जित
पूर्णिमा चम्किँदा भुटानमाथि नेपालको सहज जित
भुटानसँग पहिलो हाफमै ३ गोलको अग्रता
भुटानसँग पहिलो हाफमै ३ गोलको अग्रता
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP