काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा अहिले ब्रिगेड ब्वाइज क्लब र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा मछिन्द्र र ब्रिगेडले गोलरहित बराबरी खेलेका छन् ।
पहिलो हाफमा बलमा पकड जमाएको मछिन्द्रले पाएको अवसरमा गोल निकाल्न सकेन ।
ब्रिगेड ८ खेलमा ६ अंक जोडेर १२ औं स्थानमा रहेको छ । मछिन्द्रलाई स्तब्ध बनाएर ब्रिगेड अंक तालिका सुधार्न चाहन्छ ।
मछिन्द्रले ८ खेलमा २० अंक जोडेको छ । मछिन्द्र शीर्ष स्थानमा रहेको छ ।
आज मछिन्द्र ब्रिगेडलाई हराएर शीर्ष स्थानमा ४ अंकको अग्रता बनाउन चाहन्छ ।