काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत नेपाल पुलिस क्लब र च्यासल युथ क्लबबीच आज हुने खेल स्थगित भएको छ।
च्यासलका खेलाडीमा कोभिड-१९ को संक्रमण देखिएपछि खेल स्थगित गरिएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
च्यासलका १९ खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको एन्फाले जनाएको छ ।
पुलिस र च्यासलबीचको खेल आज ४:४५ बजे सुरु हुने तालिका रहेको थियो ।
स्थगित खेलको मिति पछि तय गरिने एन्फाले जनाएको छ ।
कोरोनाको कारण पहिलो पटक ए डिभिजन लिग खेल स्थगित भएको हो ।
पुलिस ८ खेलमा ७ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।
च्यासल ८ खेलमा ५ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।