• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
राखेप कर्मचारीले तलबै बुझ्न पाएनन् 
खेलपाटी संवाददाता
आइतबार, माघ २, २०७८ खेलपाटी संवाददाता
राखेप कर्मचारीले तलबै बुझ्न पाएनन् 

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव विहीन हुँदा त्यसको असर घरेलु खेलकुदमा परेको छ । 

राखेप सदस्य सचिवको विवाद अदालत प्रवेश गरेसँगै राखेपको दैनिक गतिविधि मात्र प्रभावित बनेको छैन, कर्मचारीले तलबै बुझ्न पाएका छैनन् । 

तत्कालिन राखेप सदस्य सचिव रमेशकुमार सिलवालले दायर गरेको रिटमाथि सुनुवाई गर्दै अदालतले सिलवाललाई पदमुक्त गर्ने र टंकलाल घिसिङलाई नयाँ सदस्य सचिवमा नियुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालिन आदेश जारी गरेको थियो । 

अदालतको मंसिर २९ गतेको आदेशसँगै राखेप कार्यकारी प्रमुख विहीन छ । घरेलु खेलकुदको प्रमुख प्रशासनीक निकाय कार्यकारी प्रमुख विहीन हुँदा खेलकुदका गतिविधि मात्र प्रभावित बनेको छैन, कर्मचारीले तलबै पनि पाएका छैनन् । 

मंसिरको अन्तिममा आएको अदालतको आदेशसँगै दुवै सदस्य सचिव निष्कृय अवस्थामा छन् । नयाँले काम गर्न पाएका छैनन् भने पुराना सदस्य सचिव राखेप छिर्न पाएनन् । अदालतले स्पष्ट रुपमा काममा फर्कनु भन्ने आदेश नदिएकाले सिलवाल राखेप पस्न नपाएका हुन् ।

अदालतले आफुमाथिको कारबाही गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश दिएकाले आफु पूर्ववत अवस्थामा फर्किएर काम गर्ने बताएका थिए । सोही अनुसार उनले पदबहालीको तयारी पनि गरेका थिए । 

तर अदालतले काममा फर्कने व्यहोरा अल्पकालिन आदेशमा प्रस्ट नखुलाएकाले सिलवाल राखेप फर्कन पाएनन् । अन्तरिम आदेश दिने÷नदिने सन्दर्भमा छलफल गर्न अदालतले पुस १२ गते दुवै पक्षलाई बोलाएको थियो । तर पेश सर्दा सर्दै माघ ३ अर्थात भोलि सोमबारलाई तोकिएको छ । 

सदस्य सचिवको विवाद अदालतमा विचाराधीन हुँदा राखेपका कर्मचारीले तलबै बुझ्न पाएका छैनन् । अन्तिम पटक मंंसिरको तलब लिएका कर्मचारीले पुसको तलब बुझ्ने टुङ्गो छैन । 

राखेपको पूर्ववत समय अनुसार पुसको तेस्रो साता कर्मचारीले तलब बुझिसक्नुपर्ने हो ।

‘ढिलोमा हरेक महिनाको २०÷२१ गतेभित्र तलब बुझ्दै आएको थियौं । तर यस पटक महिना मर्दा समेत तलब बुझ्ने टुङ्गो छैन ।’ राखेपका एक कर्मचारीले खेलपाटीसँग भने ।

राखेपका कार्यकारी प्रमुखको रुपमा रहने सदस्य सचिव नहुँदा कर्मचारीले तलब खान नपाएका हुन् । 

‘राखेपको आर्थिकदेखि सबै दायित्व सदस्य सचिवको रहन्छ । सदस्य सचिव नहुँदा आर्थिक दायित्व पर्ने सबै काम रोकिएको छ ।’ राखेप प्रशासन विभाग प्रमुख मधुसुदन बस्नेतले भने । 

यसअघि कर्मचारीको तलब शीर्षकमा आउने रकम सदस्य सचिवले अन्य शीर्षकमा खर्च गर्दा राखेपका कर्मचारीले समयमै तलब नपाउने समस्या बेला मौकामा देखिन्थ्यो । तर कर्मचारीको तलब, सुविधाको शीर्षकको बजेट अन्त खर्च गर्न नपाउने पछिल्लो व्यवस्थाले राखेप कर्मचारीमा तलबकै समस्या देखिएको थिएन । 

राखेपको प्रशासन विभाग प्रमुख बस्नेतका अनुसार प्राप्त निवेदनलाई सम्बन्धित शाखामा पठाउने र संघले अनुरोध गरेमा स्वास्थ्य मापदण्ड पालना गरेर प्रतियोगिता सञ्चालन गर्न दिने बाहेक अन्य काम गर्न समस्या भैरहेको छ ।

बस्नेतले सदस्य सचिव नहुँदा आर्थिक दायित्व पर्ने सबै काम रोकिएको खेलपाटीलाई बताए । 

‘सदस्य सचिव नहुँदा चालू आर्थिक वर्षको पूर्वाधारको काम अघि बढ्न सकेको छैन । लागत, खरिद, योजना र टेण्डरका प्रक्रिया अलपत्र छन् । प्रतियोगिता गर्न छुट्टाएको बजेट समेत संघ संस्थालाई दिन सकिएको छैन ।’ उनले भने, ‘नवौं राष्ट्रिय खेलकुदको खेलहरु निर्धारण गर्न र एसियन गेम्सको तयारी अघि बढाउन तथा खेलाडीलाई बन्द प्रशिक्षणमा राख्न ढिला भैसकेको छ ।’ 
 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भलिबल, कबड्डी र उसुका खेलाडी नगद सहित सम्मानित
भलिबल, कबड्डी र उसुका खेलाडी नगद सहित सम्मानित
सुदिपको नेतृत्वमा साईक्लिङ संघ  
सुदिपको नेतृत्वमा साईक्लिङ संघ  
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेपाली टिममा वाइल्डको हैसियत कति?
नेपाली टिममा वाइल्डको हैसियत कति?
साम्बासहित १० फुटबलर सम्मानित
साम्बासहित १० फुटबलर सम्मानित
टेबलटेनिसकाे लेभल वान कोचिङ कोर्ष सुरू
टेबलटेनिसकाे लेभल वान कोचिङ कोर्ष सुरू
उसुका विजयले पाए ६५ लाख !
उसुका विजयले पाए ६५ लाख !
भलिबल, कबड्डी र उसुका खेलाडी नगद सहित सम्मानित
भलिबल, कबड्डी र उसुका खेलाडी नगद सहित सम्मानित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP