काठमाडौं । थिबो कोट्वाले आफ्नो टिम स्पेनी सुपरकप जित्न उत्प्रेरित रहेको बताएका छन् र यसको कारण हो, रियल म्याड्रिडले पोहोर सिजन केही पनि जित्न सकेको थिएन् ।
गत सिजन रियल अविश्वसनीय रूपमा कुनै पनि उपाधि जित्न असफल रहेको थियो । कोट्वा मान्छन्, यही एक कारण यस सिजन रियलका खेलाडी बढी भन्दा बढी सफलता प्राप्त गर्न चाहन्छ ।
आज साउदी अरेबियामा हुने सुपरकप फाइनलमा रियलको प्रतिद्वन्द्वी रहेको छ, छिमेकी एटलेटिक बिल्बाओ । कोट्वाले प्रि म्याच कन्फ्रेन्समा भनेका छन्, ‘आज हामी फाइनल खेल्दैछौं र सबैलाई थाहा छ, आज हामीलाई जित्नु पनि छ । हामी यो सिजन उपाधि जित्नकै लागि खेलिरहेका छौं । सबै खेलाडी यसका लागि तयार पनि छन् ।’
बार्सिलोनाविरुद्धको सेमिफाइनलमा भिनियस जुनियरले गोल गरेका थिए र कोट्वा मान्छन्, एटलेटिकोविरुद्ध पनि यी ब्राजिली खेलाडी निर्णायक सावित हुने छन् । कोट्वा त करिब बेन्जेमाको नाम पनि उल्लेख गर्न आवश्यक नभएको मान्छन्, किनभने विश्व स्तरीय खेलाडीबाट त्यसै पनि गोलको अपेक्षा हुन्छ ।
–मार्काको सहयोगमा ।