काठमाडौं । सहिद स्मारक लिग ए डिभिजन ०७८ मा आइतबार पुलिस र च्यासल भिड्दा दुवैलाई बराबरीले फाइदा गर्ने छैन् ।
पुलिसको आठ खेलबाट सात अंक छ र ११ औं स्थानमा छ । च्यासलल भने आठ खेलबाट पाँच अंक जोडेर रेलिगेसन क्षेत्रमा रहेको छ ।
यसले प्रस्ट देखाउने गर्छ, दुवै टिमलाई जित कति चाहिएको छ ।
यी दुई टिमबीच अहिलेसम्म लिगमा जम्मा दुई खेल भएका छन् । त्यसमा एक बराबरीमा रहेको छ भने अर्कोमा पुलिस विजयी रहेको छ ।
वर्ष ०७६ मा यी टिमले २–२ को बराबरी खेलेका थिए । त्यसमा पुलिसका लागि नीरकुमार राई र सुमन लामाले गोल गरेका थिए । च्यासलका तर्फबाट दुवै गोल सन्तोष साहुखलले गरे ।
वर्ष ०७५ मा च्यासलले लिगमा डेब्यु गरेको सिजन उसमाथि पुलिस २–० ले विजयी रहेको थियो ।