नाइजेरिया अन्तिम १६ मा
आइतबार, ०२ माघ २०७८खेलपाटी संवाददाता

काठमाडौं । नाइजेरिया अफ्रीका कप अफ नेसन्सको नकआउट चरणमा प्रवेश गरेको छ ।
शनिबार राति भएको खेलमा सुडानलाई ३-१ गोल अन्तरले हराउँदै नाइजेरिया अन्तिम १६ मा पुगेको हो ।
नाइजेरियालाई जित दिलाउन सामुएल चुकवेइजे, ताईवो अवोन्यी र मोसेस सिमोनले एक एक गोल गरे ।
सुडानका वालिनडीन खेडरले एक गोल फर्काए ।
यस जितसँगै नाइजेरियाले २ खेलमा ६ अंक जोडेको छ ।
नाइजेरिया समूह डी को शीर्ष स्थानमा रहेको छ ।
सुडान १ अंक जोडेर पुछारमा रहेको छ ।
नाइजेरिया अन्तिम १६ मा









%20(1)-1771145193825.jpeg&w=3840&q=75)

-1771139897683.jpeg&w=3840&q=75)
-1771139095251.jpeg&w=3840&q=75)

