काठमाडौं । नाइजेरिया अफ्रीका कप अफ नेसन्सको नकआउट चरणमा प्रवेश गरेको छ ।
शनिबार राति भएको खेलमा सुडानलाई ३-१ गोल अन्तरले हराउँदै नाइजेरिया अन्तिम १६ मा पुगेको हो ।
नाइजेरियालाई जित दिलाउन सामुएल चुकवेइजे, ताईवो अवोन्यी र मोसेस सिमोनले एक एक गोल गरे ।
सुडानका वालिनडीन खेडरले एक गोल फर्काए ।
यस जितसँगै नाइजेरियाले २ खेलमा ६ अंक जोडेको छ ।
नाइजेरिया समूह डी को शीर्ष स्थानमा रहेको छ ।
सुडान १ अंक जोडेर पुछारमा रहेको छ ।