काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड बराबरीमा रोकिएको छ ।
शनिबार राति भएको खेलमा युनाईटेड एस्टन भिल्लासँग २-२ गोलको बराबरीमा रोकिएको हो ।
सुरुआती दुई गोलको अग्रता जोगाउन नसक्दा युनाईटेडले बराबरी खेलेको हो ।
खेलको छैटौं मिनेटमा ब्रुनो फर्नान्डेजले गोल गर्दै युनाईटेडलाई सुरुआती अग्रता दिलाएका थिए ।
६७ औं मिनेटमा फर्नान्डेजले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २-० को अग्रता दिलाए ।
तर,७७ औं मिनेटमा ज्याकोब रामसेले गोल गर्दै एस्टनलाई २-१ को स्थितिमा ल्याए ।
त्यसपछि खेलको ८१ औं मिनेटमा फिलिपे कोउटिन्होले गोल गर्दै एस्टनलाई २-२ गोलको बराबरीमा ल्याए ।
कोउटिन्होले डेब्यु खेलमै गोल गरेका हुन् । उनी हालै बार्सिलोनाबाट लोनमा एस्टन आएका हुन् ।
यस बराबरीसँगै युनाईटेडले २० खेलमा ३२ अंक जोडेको छ । युनाईटेड सातौं स्थानमा रहेको छ ।
एस्टन २३ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।