काठमाडौं । फ्रान्सको लिग वान अन्तर्गत शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जित दर्ता गरेको छ ।
लियोनल मेसी र नेयमारविना मैदानमा उत्रिएको पीएसजीले ब्रेस्टलाई २–० ले पराजित गरेको हो ।
पीएसजीको जितमा एम्बाप्पे र थिलो केहररले एक–एक गोल गरे ।
एम्बाप्पले खेलको ३२ औ मिनेटमा गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाएका थिए ।
केहररले ५३ औ मिनेटमा पीएसजीको अग्रता दोब्बर बनाए ।
लिग वानअन्तर्गत पीएसजी लगातार १२ खेलमा अपराजित रहदै आएको छ ।
लिगमा उसले २१ खेलमा ५० अंक जोडेको छ ।
दोस्रो स्थानमा रहेको नाइसको २१ खेलमा ३९ अंक मात्र छ ।