काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज आइतबार दुई खेलहरु हुँदैछन् ।
लिगको नवौं चरण अन्तर्गत आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई खेलहरु हुनेछन् ।
पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लब र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ । ब्रिगेड र मछिन्द्रबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।
ब्रिगेड ८ खेलमा ६ अंक जोडेर १२ औं स्थानमा रहेको छ । मछिन्द्रलाई स्तब्ध बनाएर ब्रिगेड अंक तालिका सुधार्न चाहन्छ ।
मछिन्द्रले ८ खेलमा २० अंक जोडेको छ । मछिन्द्र शीर्ष स्थानमा रहेको छ ।
आज मछिन्द्र ब्रिगेडलाई हराएर शीर्ष स्थानमा ४ अंकको अग्रता बनाउन चाहन्छ ।
यस्तै दोस्रो खेलमा नेपाल पुलिस क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । पुलिस र च्यासलबीचको खेल ४:४५ बजे सुरु हुनेछ।
पुलिस ८ खेलमा ७ अंक जोडेर ११ औं स्थानमा रहेको छ । च्यासललाई हराएर पुलिस अंक तालिका सुधार्न चाहन्छ ।
च्यासल ८ खेलमा ५ अंक जोडेर १३ औं दोस्रो स्थानमा रहेको छ ।
च्यासल पुलिसलाई हराएर रेलिगेसन क्षेत्रबाट माथि उक्लन चाहन्छ ।