सिटीको जितमा केभिनको निर्णायक गोल
शनिबार, ०१ माघ २०७८खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले चेल्सीलाई हराएको छ ।
शनिबार भएको खेलमा सिटीले चेल्सीलाई १-० गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा सिटीलाई जित दिलाउन केभिन डे ब्रुएनाले निर्णायक गोल गरे ।
जोआ कान्सेलोको पासमा उनले ७० औं मिनेटमा गोल गरेका थिए ।
यस जितसँगै सिटीले लिगमा १३ अंकको अग्रता बनाएको छ ।
शीर्ष स्थानको सिटीले २२ खेलमा ५६ गोल गरेका छन् ।
चेल्सी ४३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
सिटीको जितमा केभिनको निर्णायक गोल










%20(1)-1771145193825.jpeg&w=3840&q=75)

-1771139897683.jpeg&w=3840&q=75)
-1771139095251.jpeg&w=3840&q=75)

