ब्राइटन र प्यालेस बराबरीमा
शनिबार, ०१ माघ २०७८खेलपाटी संवाददाता

काठमाडौं । इंग्लीस प्रिमियर लिग फुटबल अन्तर्गत ब्राइटन एन्ड होभ आल्बिओनले क्रिस्टल प्यालेससँग बराबरी खेलेको छ ।
आठौं स्थानको ब्राइटनले ११ औ स्थानको क्रिस्टल प्यालेसँग १–१ को बराबरी खेलेको हो ।
कोनोर गालाघेरले ६९ औ मिनेटमा गोल गर्दै क्रिस्टललाई अग्रता दिलाएका थिए ।
तर ८७ औ मिनेटमा क्रिस्टलका जोअचिम एन्डरसेनले आत्मघाती गोल गरेपछि खेल बराबरीमा टुंगिएको थियो ।
क्रिस्टलका गोलरक्षक ज्याक बटल्यान्डले खेलको ३८ औ मिनेटमा पेनाल्टी बचाएका थिए ।
पास्कल ग्रोसले गरेको प्रहार बटल्यान्डले बचाउदै क्रिस्टललाई हारबाट जोगाएका थिए ।
बराबरीसँगै बांइटनले २० खेलमा २८ अंक जोडेको छ भने क्रिस्टलले २१ खेलमा २४ अंक जोडेको छ ।
#इंग्लीस प्रिमियर लिग










%20(1)-1771145193825.jpeg&w=3840&q=75)

-1771139897683.jpeg&w=3840&q=75)
-1771139095251.jpeg&w=3840&q=75)

