• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
रेडहर्ष लगातार दोश्रो पटक च्याम्पियन
नमीन ढकाल
शुक्रबार, पुस ३०, २०७८ नमीन ढकाल
रेडहर्ष लगातार दोश्रो पटक च्याम्पियन
.

इलाम । इलाममा सम्पन्न एन्फा जिल्ला ए डिभिजन लिगको उपाधि रेडहर्ष फुटबल क्लबले रक्षा गर्न सफल भएको छ ।

रेडहर्षले लगातार दोश्रो पटक लिगको उपाधि आफ्नो पक्षमा पारेको हो ।

ठुलो टुडिँखेलमा सम्पन्न फाइनल खेलमा मिलियन फ्रेन्डस् क्लब पान्दामलाई ४–० गोल अन्तरले हराउँदै रेडहर्ष लिग च्याम्पिन बन्न सफल भएको हो । रेडहर्षको जितमा पासाङ शेर्पा र सन्तोष रम्तेलले समान २÷२ गोल गरे ।

जिल्ला लिग च्याम्पियन भएसंगै अब रेडहर्षले प्रदेश लिगमा इलामको नेतृत्व गरेर सहभागिता जनाउन पाउने भएको छ।

खेलको सुरुवातदेखि पान्दाममाथि रेडहर्ष हाबी भएको थियो । खेल सुरु भएको ४ मिनेटमै पासाङ शेर्पाको गोलबाट रेडहर्षले अग्रता लिएको थियो । पान्दामका खेलाडीले रेडहर्षका खेलाडीमाथि फाउल गरेपछि शेर्पाले करिब २५ यार्डबाट प्रहार गरेको फ्रि किकमा सहजै गोलमा परिणत बन्यो । पान्दामका खेलाडीले पटक पटक गोल गर्ने अवसर पाएपनि सफल हुन नसक्दा लिग च्याम्पिन बन्ने सपना टुटेको छ ।

खेलको ३८ औं मिनेटमा सन्तोष रम्तेलले गोलरक्षक बिट भइसकेको अवस्थामा पेनाल्टी बक्स नजिकैबाट गरेको प्रहारले जाली चुम्दा रेडहर्षले पहिलो हाफमा २–० को अग्रता लिन सफल भयो । खेलको ४१ औं मिनेटमा पान्दामका गोलरक्षक मौसम लुङ्गेली मगर रेडकार्ड खाँदै मैदान बाहिरिएपछि पान्दाम बाँकी समय १० खेलाडीमा सिमित भएको थियो । डिबक्सभन्दा बाहिर आएर हातले बल क्लियर गरेपछि मुख्य निर्णायक राजु थापा मगरले रातो कार्ड दिँदै प्लेयरबक्स तर्फ पठाइदिए ।

दोश्रो हाफमा १० खेलाडी सिमित भएपछि एमएफसी झन दबाबमा प¥यो । खेलको ६४ औं मिनेटमा पासाङले ब्यक्तिगत दोश्रो गोल गर्दै अग्रता ३–० बनाए । ६९ औं मिनेटमा रेडहर्षका खेलाडीमाथि पान्दामका गोलरक्षकले डिबक्स भित्र लडाएपछि रेडहर्षले पेनाल्टी पाएको थियो । पेनाल्टीमा सन्तोष रम्तेलले सहजै गोल गर्दै टिमलाई सानदार जित दिलाउनुका साथै लिग च्याम्पियन बनाउन सफल भए । सो बखत पान्दामका गोलरक्षक समेत घाईते भएका थिए । उनलाई मैदानमै सामान्य उपचारपछि थप उपचारका निम्ति इलाम अस्पतालमा ल्याउनु परेको थियो ।

लिग च्याम्पियन बनेको रेडहर्षले नगद २५ हजार पुरस्कार पाउँदा उपबिजेता पान्दामले १५ हजार रुपैंयाँ पाएको छ । क्लब ओएसिसका चैतहाङ लिम्बु उदियमान खेलाडी घोषित भए ।

बिजेता तथा उपबिजेता दुबै टिमलाई इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत, एन्फाका केन्द्रिय सदस्य निरोज खड्गी, जिल्ला फूटबल संघका अध्यक्ष महेश श्रेष्ठ, इलाम नगर खेलकुद बिकास समितिका अध्यक्ष बिनोद श्रेष्ठले पुरस्कार प्रदान गरेका थिए ।

अखिल नेपाल फूटबल संघ (एन्फा)को बार्षिक कार्यक्रम अनुसार जिल्ला फूटबल संघ इलामले आयोजना गरेको प्रतियोगिताको लिग चरणमा ३६ खेल भएका छन् भने सेमिफाइनल र फाइनल गरेर जम्मा ३९ खेल भएको छ ।

संघमा आबद्ध रहेका १३ वटा क्लबले लिगमा सहभागिता जनाएका थिए । भौगोलिक विकटतालाई ध्यानमा राखेर प्रतियोगिताको लिग चरणको खेललाई २ वटा मैदानमा संचालन गरिएको थियो । ती क्लबलाई समूह ए मा ६ र बि मा ७ वटा गरेर बिभाजन गरीएको थियो ।

दुबै समूहबाट एक÷एकवटा क्लब यो बर्षबाट रेलिगेसनमा पर्दै बि डिभिजनमा घटुवा समेत भएको छ ।

समूह ए मा निहारिका स्पोर्टिङ क्लब, एमएफसी पान्दाम, दिपेन्द्र शिखर हर्कटे, फ्रेण्ड्स क्लब गोदक, माने क्याम्प क्लब फिक्कल र पूर्व क्षितिज क्लब कट्टेबुङ्ग रहेको थियो भने समूह बि मा माईभ्याली, रेडहर्ष, त्रिबेणी युथ क्बल, हेल्लो जस्बिरे, देउराली स्पोर्टिङ क्लब, क्लब ओएसिस र हेलिबोथ एफसी बिब्ल्याँटे रहेको थियो ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्णिमा चम्किँदा भुटानमाथि नेपालको सहज जित
पूर्णिमा चम्किँदा भुटानमाथि नेपालको सहज जित
भुटानसँग पहिलो हाफमै ३ गोलको अग्रता
भुटानसँग पहिलो हाफमै ३ गोलको अग्रता
भुटानविरुद्ध खेल्ने नेपालको सुरुआती ११ सार्वजनिक
भुटानविरुद्ध खेल्ने नेपालको सुरुआती ११ सार्वजनिक
लाकेनले अब क्याम्बोडियन प्रिमियर लिग खेल्ने
लाकेनले अब क्याम्बोडियन प्रिमियर लिग खेल्ने
श्रीलंकामा थ्री नेसन्स कप फुटबल खेल्न नेपालले चाहेन
श्रीलंकामा थ्री नेसन्स कप फुटबल खेल्न नेपालले चाहेन
चर्च ब्वाइजको पहिलो जितमा सुशनको ५ गोल
चर्च ब्वाइजको पहिलो जितमा सुशनको ५ गोल
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेदरल्यान्ड्स पाँचौंपल्ट टी २० विश्वकपमा छनोट
नेदरल्यान्ड्स पाँचौंपल्ट टी २० विश्वकपमा छनोट
इटाली पहिलोपल्ट टी २० विश्वकपमा छनोट
इटाली पहिलोपल्ट टी २० विश्वकपमा छनोट
एनपीएल अनियमितताको छानबिन गर्न गठित कार्यदल निष्कर्षमा पुग्न सकेन !
एनपीएल अनियमितताको छानबिन गर्न गठित कार्यदल निष्कर्षमा पुग्न सकेन !
पूर्णिमा चम्किँदा भुटानमाथि नेपालको सहज जित
पूर्णिमा चम्किँदा भुटानमाथि नेपालको सहज जित
भुटानसँग पहिलो हाफमै ३ गोलको अग्रता
भुटानसँग पहिलो हाफमै ३ गोलको अग्रता
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP