• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
'सन्दीप' क्रिकेटका विश्व यात्री
विश्वास थापा
बुधबार, कात्तिक ७, २०७५ विश्वास थापा
'सन्दीप' क्रिकेटका विश्व यात्री
तस्विर सौजन्य : रमन सिवाकोटी

काठमाडौं । विश्व क्रिकेटमा अष्ट्रेलियाको 'बिग बास' लिगको छुट्टै पहिचान छ । बिग बास लिग खेल्न टेष्ट राष्ट्रका खेलाडीको समेत सपना हुन्छ ।

एसोसिएट राष्ट्रका खेलाडीले 'बिग बास' लिग खेल्ने सपनै देख्दैनन । कल्पना समेत गर्दैंनन् । तर, एसोसिएट राष्ट्र नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले बिग बास खेल्ने सपना पुरा गरेका छन् ।

लेग स्पिनर सन्दीप बिग बास लिगका लागि गत सोमबार मेलबर्न स्टार्समा अनुबन्धित भएका छन् । सन्दीपलाई आगामी डिसेम्बरमा सुरु हुने बिग बासका लागि मेलबर्नले अनुबन्ध गरेको हो । सन्दीपको पारिश्रमिक रकम खुलाईएको छैन । तर, सन्दीपका व्यवस्थापक रमन सिवाकोटीले  सन्दीपले कम्तिमा ६० हजार डलर पाउने बताए  ।

मेलबर्नसंगको अनुबन्धसंगै सन्दीप एसोसिएट राष्ट्रबाट बिग बास लिग खेल्ने पहिलो खेलाडी बनेका छन् । उनले टेष्ट राष्ट्रका खेलाडीलाई मात खुवाउदै बिग बासमा आफ्नो स्थान पक्का गर्न सफल भएका हुन् ।

विश्व क्रिकेटको कान्छो संस्करण टी-ट्वान्टीमा सन्दीपले कमाल नै गरेका छन् । त्यसैले सन्दीपले क्रिकेट खेलकै माध्यमबाट विश्व यात्रा गरेका छन् । सन्दीपको यात्रा अझै जारी छ । सन्दीप यसरी नै क्रिकेटकै माध्यमबाट विश्व परिक्रमा गरिरहने छन्  ।

नेपाली खेलकुदमा युथ आइकन बनिसकेका सन्दीप मात्र १८ बर्षका भए । तर, सन्दीप विश्व खेलकुदमा ठुला नाम बनिसकेका छन् । विश्व क्रिकेटको आधुनिक स्वरूप मानिने इन्डियन प्रिमियर लिग (आईपीएल) बाट विश्व यात्रा सुरु गरेका सन्दीपको यात्रा अफ्रीका हुँदै अष्ट्रेलियासम्म पुगेको छ ।

स्याङ्जाको आरुचौरमा जन्मिएका सन्दीप बाबुआमासँग सानैमा भारतको हरियाणा गए । क्रिकेटको सामान्य ज्ञान भारतमै सिके । तर, सन्दीपले क्रिकेट करिअरको  जग नेपालमै बसाए । नवलपरासीमा  दिदिको बसेर पढ्दै गर्दा सन्दीपले आफुलाई क्रिकेटमै व्यस्त बनाए ।

त्यसक्रममा सन्दीप चितवनस्थित पूर्वराष्ट्रिय टोलीका कप्तान राजु खड्काको क्रिकेट एकेडमीमा भर्ना भए । पुर्व कप्तान खड्काकै एकेडमीमा प्रशिक्षण गरिरहदा सन्दीपको प्रतिभा नेपाली टोलीका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेले देखे ।

प्रशिक्षक दासानायेकेले सन्दीपलाई यू-१९ टिमको क्याम्पमा बोलाए । पहिलो पटक नेपाली टोलीमा पर्न सकेनन् । तर, नेपाल बंगलादेशमा सम्पन्न यू-१९ विश्वकपमा छनोट भयो । बंगलादेश विश्वकपका लागि भने सन्दीप टिममा अटाए । त्यसपछि उनको क्रिकेट यात्राले बाटो लिन सुरु गरेको थियो ।

आईसिसी यू-१९ विश्वकपमा बंगलादेशसँग पराजित हुँदै नेपाल क्वाटरफाइनलबाट बाहिरियो । तर, सन्दीप १५ विकेट लिँदै सर्वाधिक विकेट लिने खेलाडीको दोस्रो स्थानमा रहे । त्यसपछि सन्दीपले कहिल्लै पछाडी फर्केर हेर्नु परेन् । सन्दीपले उमेर समूहको खेलसंगै राष्ट्रिय टोलीमा ढोका खोलिरहे ।

Related image

यसै क्रममा सन्दीपको भेट पूर्व अस्ट्रेलियन कप्तान माइकल क्लार्कसंग भयो । सन्दीपको उडानमा क्लार्कलाई ‘टर्निङ पोइन्ट’ समेत मानिन्छ । सन्दीप र क्लार्कको भेट हङकङमा भएको थियो । हङकङको घरेलु प्रतियोगिता ‘हङकङ टी–२० ब्लिट्ज २०१६’ का दौरान दुवैको भेट भएको थियो । सन्दीपले क्लार्कसंगै काउलुन क्यान्टोन क्लबबाट खेलेका थिए ।

प्रतियोगिताको दौरान सन्दीपको खेल कौशलबाट प्रभावित भएर क्लार्कले आफ्नो एकेडमीमा प्रशिक्षणको लागि बोलाएका थिए । सन्दीपले क्लार्कको क्रिकेट एकेडमीमा प्रशिक्षण गर्नुका साथै क्लार्कको क्लब वेष्ट्रन सवर्वस डिस्ट्रिक क्लबबाट २०१६–१७ को सिजनको प्रिमियर ग्रेड क्रिकेट लिग खेलेका थिए ।

सन्दीपको थप चर्चा आईपीएलबाटै चुलियो । गत सिजनको आईपीएलमा सन्दीपलाई दिल्ली डेयरडेभिल्सले २० लाख भारतीय रुपैयामा अनुबन्ध गरेको थियो । सुरुवाती खेलमा मैदान उत्रन नपाएका सन्दीपले दिल्लीमा सनसनीपूर्ण डेब्यु गर्दै ३ खेलमा ५ विकेट लिएर तहल्का मच्चाएका थिए । त्यसयता सन्दीप विश्व यात्रामा छन् ।

आईपीएल लगत्तै सन्दीपले क्यानाडामा ग्लोबल टी-ट्वान्टी लिगमा मोन्ट्रियल टाइगर्सबाट खेलेका थिए ।  क्यानेडियन लिगपछि सन्दीप क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा ब्यस्त बने । सन्दीप पाँच सय अमेरिकी डलरमा सीपीएल क्लबमा अनुबन्धित भएका थिए । सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सबाट सीपीएलमा सन्दिपले ५ खेल खेल्दै १०६ रन खर्चेर ७ विकेट लिएका थिए ।

यस्तै सन्दीप गत साता सम्पन्न अफगानिस्तान प्रिमियर लिग (एपिएल) क्रिकेटमा नगरहर लिओपार्डसबाट मैदान उत्रिएका थिए । एपिएलमा एक खेल खेलेका सन्दीपले दुई विकेट लिएका थिए ।

अफगानिस्तान प्रिमियर लिगबाट फर्के लगत्तै सन्दीप अहिले पोखरा प्रिमियर लिग (पीपीएल) मा व्यस्त छन् । पीपीएल क्रिकेट शुक्रबारबाट सुरु हुँदैछ ।

पीपीएलमा सन्दीप विराटनगर टाईटन्सका मार्की खेलाडी समेत हुन् । सन्दीप टिम विराटनगरले उद्घाटन खेलमा शरद भेषवाकरको टिम पोखरा पल्टनसंग खेल्नेछ   । पीपीएल क्रिकेटपछि सन्दीपले केहि समय विश्राम लिनेछन् । यसबीचमा सन्दीपले नेपाली राष्ट्रिय टोली र नेपालमा आयोजना हुने अन्य लिगहरु खेल्नेछन् ।

बिग बास लिगका लागि सन्दीप आगामी डिसेम्बरमा अष्ट्रेलिया जानेछन् । सन्दीप डिसेम्बर १० मा टिममा सामेल हुनेछन् । बिग बास डिसेम्बर १९ बाट फेब्रुवरी १७ सम्म हुनेछ ।

त्यसबीचमा सन्दीप बंगलादेश प्रिमियर लिग (बिपिएल) खेल्न बंगलादेश आउने छन् । बंगलादेश प्रिमियर लिग जनवरी ५ देखी फेब्रुवरी ८ सम्म हुनेछ । बंगलादेशमा सन्दीपले सिल्हेट सिक्सरबाट खेल्नेछन् ।

बिपिएल सकिएलगत्तै सन्दीप बिग बास लिगको बाँकी खेल खेल्न पुनः अष्ट्रेलिया फर्कनेछन् ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कीर्तिमानी मुल्डर
कीर्तिमानी मुल्डर
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
ओडिआई वरीयतामा नेपाल यथावत्
ओडिआई वरीयतामा नेपाल यथावत्
त्रिवि क्रिकेट मैदानको प्यारापिटमा कुर्सी जडानको काम सुरु
त्रिवि क्रिकेट मैदानको प्यारापिटमा कुर्सी जडानको काम सुरु
नेपालले जित्यो यु–१६ इस्ट जोन कप
नेपालले जित्यो यु–१६ इस्ट जोन कप
भारतको बंगलादेश भ्रमण अनिश्चित
भारतको बंगलादेश भ्रमण अनिश्चित
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
स्वदेश फर्कियो महिला टोली
स्वदेश फर्कियो महिला टोली
नेपालले सेप्टेम्बरमा बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्ने
नेपालले सेप्टेम्बरमा बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्ने
आर्सनल भित्रिए जुबिमेन्डी
आर्सनल भित्रिए जुबिमेन्डी
कीर्तिमानी मुल्डर
कीर्तिमानी मुल्डर
स्वदेश फर्किँदै महिला टोली
स्वदेश फर्किँदै महिला टोली
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP