मनाङविरुद्ध सातदोबाटोलाई २-० को अग्रता
२०२२ जनवरी १४, शुक्रबारखेलपाटी संवाददाता

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा अहिले मनाङ मर्स्याङ्दी क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा सातदोबाटोले २-० गोलको अग्रता बनाएको छ ।
पहिलो हाफमा सातदोबाटोका लागि मार्टिन एडिल्फे सिलो नाङ्गा र मार्टिन्स अजयीले एक एक गोल गरे ।
मनाङ १९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । सातदोबाटोलाई हराएर मनाङ शीर्ष स्थानमा उक्लन चाहन्छ ।
सातदोबाटो ९ अंक जोडेर आठौं स्थानमा रहेको छ । मनाङलाई हराएर सातदोबाटो अंक तालिका सुधार्न चाहन्छ ।
मनाङविरुद्ध सातदोबाटोलाई २-० को अग्रता