इलाम । इलाममा जारी एन्फा जिल्ला ए डिभिजन लिगको उपाधिका लागि रेडहर्ष फुटबल क्लब इलाम र मिलियन फ्रेन्डर्स क्ल्ब (एमएफसी) पान्दामबीच आज प्रतिस्पर्धा हुँदैछ ।
फाइनल प्रवेशका लागि रेडहर्षले दिपेन्द्र शिखर एफसीलाई ७–२ गोल अन्तरले हराउन सफल रहेको थियो । त्यसैगरी एमएफसीले देउराली स्पोर्टिङ क्लबलाई ३–० अन्तरले पराजित गर्न सफल भयो ।
पहिलो सेमीफाइनल खेलमा रेडहर्षलाई उपाधि होडमा पु¥याउन सन्तोष तामाङ एक्लैले पाँच गोल गरे । पासाङ शेर्पा र प्रदिप बिष्टको नाममा एक÷एक गोल रह्रयो । खेलको ४, ७, २५, ३५ र ३६ मिनेटमा सन्तोषले गर्दा पासाङले ६७ र प्रदिप ७० औं मिनेटमा गोल गरेका थिए । दिपेन्द्र शिखरका लागि बार्दनर राईले ४४ र पवन राईले ५१ औं मिनेटमा गोल गरेका थिए ।
दोश्रो सेमीफाइनल खेलमा पान्दामको लागि सन्जोक खड्काले १६, सचिन योल्मूले ५२ र शेखर राईले ५४ औं मिनेटमा गोल गरेका थिए । रेडहर्ष र एमएफसी बिचको लिग बिजेताले प्रदेश स्तरीय लिगमा प्रतिष्पर्धा जनाउन पाउनेछ । लिगमा समूह ए बाट एमएफसी र दिपेन्द्र शिखर हर्कटे अंक तालिकामा पहिलो र दोस्रो हुँदै सेमिफाइनलमा स्थान बनाएका थिए ।
समूह बि बाट रेडहर्ष एफसी इलाम र देउराली स्र्पोटिङ क्लब शिर्ष २ भित्र रहेर सेमिफाईनल प्रबेश गरेका थिए । जिल्ला फूटबल संघमा आबद्ध १३ वटा क्लब प्रतियोगितामा सहभागिता जनाएका थिए ।
यस लिगमा सहभागिता जनाएका क्लबहरुमध्ये अंक तालिकाको पुछारमा रहेका दुबै समूहका एक÷एक वटा क्लब रेलिगेसनमा पर्दै बी डिभिजनमा झरेका छन् ।