बिलबाओद्धारा मड्रिड पराजित
शुक्रबार, ३० पौष २०७८खेलपाटी संवाददाता

काठमाडौ । एटलेटिको बिलबाओ स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार राती लि लिगा च्याम्पियन एटलेटिको मड्रिडलाई २–१ गोलअन्तरले पराजित गर्दै बिलबाओ फाइनलमा प्रवेश गरेको हो ।
उपाधिका लागि बिलबाओले अब आइतबार हुने फाइनलमा रियल मड्रिडको सामना गर्नेछ ।
रियल मड्रिडले बुधबार राती बार्सिलोनालाई ३–२ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ।
बिलबाओका गोलरक्षक उनाई सिमोनले खेलको ६२ औ मिनेटमा आत्मघाती गोल गरेपछि एटलेटिको मड्रिडले अग्रता बनाएको थियो ।
तर बिलबाओका येराय अल्भारेजले ७७ औ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए ।
निको विलियम्सले ८१ औ मिनेटमा गोल गर्दै बिलबाओको जित सुनिश्चित गरे ।
#स्पेनिस सुपर कप











%20(1)-1771145193825.jpeg&w=3840&q=75)

-1771139897683.jpeg&w=3840&q=75)
-1771139095251.jpeg&w=3840&q=75)
