काठमाडौं । आर्सनलले कारबाओ कपको सेमिफाइनल अन्तर्गतको दोस्रो लेगमा लिभरपुलसँग गोलरहित बराबरी खेलेको छ ।
एनफिल्डमा भएको खेलमा १० खेलाडीमा सिमित भएको आर्सनलले लिभरपुललाई गोलरहित बराबरीमा रोक्न सफल भएको हो ।
खेलको २४ औ मिनेटमै झाकाले रातो कार्ड खादै मैदान बाहिरिएपछि आर्सनल १० खेलाडीमा सिमित भएको थियो ।
तर मुख्य खेलाडी मोहमद सलाह र साडियो माने बिनानै मैदानमा उत्रिएको लिभरपुलले त्यसको फाइदा भने लिन सकेन ।
यी दुई टोलीबीचको दोस्रो लेग जनवरी २० तारिखमा हुनेछ ।
विजेताले फाइनलमा चेल्सीको सामना गर्नेछ । चेल्सीले टोटनहमलाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो ।
दबाबकाबीच आर्सनलले ७१ औ मिनेटमा गोल गर्ने अवसर पाएपनि बुकायो साकाको प्रहार खेर गयो ।
यता लिभरपुलका टाकुमी मिनामिनोले खेलको अन्तिम समयमा क्रसबारमाथि प्रहार गरे ।