• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
के होला सिलवाल र टंकलालको विकल्प ?
हिम बिक्रम केसी
बुधबार, पुस २८, २०७८ हिम बिक्रम केसी
के होला सिलवाल र टंकलालको विकल्प ?

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिव विवादले घरेलु खेलकुद भद्रगोल अवस्थामा छन् ।

घरेलु खेलकुदको मुख्य प्रशासकीय निकाय राखेप, कार्यकारी प्रमुख विहीन हुँदा घरेलु खेलकुद नराम्ररी प्रभावित बनेको हो ।

सरकार परिवर्तन भएसँगै तत्कालिन सदस्य सचिव रमेशकुमार सिलवाललाई घटाउने निर्णय र नयाँ सदस्य सचिवको रुपमा टंकलाल घिसिङलाई नियुक्त गर्ने मन्त्री परिषद्को निर्णयमाथि सर्वोच्च अदालतले ब्रेक लगाएको छ ।

तत्कालिन सरकारले आफुलाई चार वर्षका लागि नियुक्त गरेको भन्दै रमेश सिलवालले अदालतमा रिट निवेदन दायर गरेपछि राखेप सदस्य सचिवको विवाद सर्वोच्च अदालतमा प्रवेश गरेको थियो । सिलवालको रिटमाथि सुनुवाई गर्दै अदालतले सिलवाल हटाउने र घिसिङ नियुक्त गर्ने निर्णयलाई यथास्थितीमा राख्न अल्पकालिन आदेश दिएको थियो ।

अन्तरिम आदेश जारी गर्न पर्ने वा नपर्ने सम्बन्धमा छलफल गर्न अदालतले दुवै पक्षलाई छलफलमा बोलाएको छ । तर मुद्धाको पेश्की एकपछि अर्को गरि सर्दै जादा त्यसको प्रभाव खेलकुदमा परेको छ ।

सदस्य सचिवको विवादले सर्वोच्च प्रवेश गरेसँगै घरेलु खेलकुदको प्रशासनीक निकाय गतिहिन र निष्प्रभावी बनेको छ । दैनिक प्रशासनीक गतिविधि सञ्चालन गर्नेदेखि चालू आर्थिक वर्षको बजेट तथा कार्यक्रम कार्यान्वयनमा युवा तथा खेलकुद मन्त्रालयलाई सकस परेको छ ।

अदालतले दुवै पक्षलाई माघ ३ गते छलफलमा बोलाएको छ । तर सोही दिन मुद्धाको किनारा लाग्ने टुङ्गो छैन । अन्तरिम आदेश आउने÷नआउने पक्का छैन । मुद्धा एकपछि अर्को गर्दै लम्बिदै जादा सिंगो खेलकुद धरासयी बन्ने अवस्थामा छ । 

राखेपमा कार्यकारी प्रमुख नहुँदा राष्ट्रिय खेलकुदको तयारी, एसियन गेम्सको तयारी सहित देशभरको खेलकुद पूर्वाधार निर्माणको काम ठप्प छ । सदस्य सचिवनै नभएपछि राष्ट्रिय संघको खेल गतिविधि पुरै प्रभावित बनेको छ ।

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज सदस्य सचिवको विषयमा अदालत चाँडै निर्णयमा पुग्ने विश्वास व्यक्त गर्छन् । अल्पकालिन आदेश लम्बिदै जादाँ खेलकुदमा दिर्घकालिन प्रभाव परेको टिप्पणी मन्त्री गहतराजको छ ।

नेपाल ओलम्पिक कमिटी (एनओसी)को साधारण सभालाई सम्बोधन गर्दै गहतराजले अन्तरिम आदेशमा ढिलाई हुँदा सिंगो खेलकुद नराम्ररी प्रभावित बनेको बताएका थिए । अदालतको फैसलालाई सम्मान गर्दै अघि बढ्ने सन्दर्भमा सरकार सदैव तयार रहेको उल्लेख गर्दै उनले खेलकुदको विषयलाई अग्राधिकारमा राखेर चाँडै निर्णय गर्नुपर्ने बताएका थिए ।

के होला विकल्प ?

अदालतको पछिल्लो निर्णय प्रक्रियाबाट युवा तथा खेलकुद मन्त्रालय क्रसिद छ । ऐन अनुसार गरिएको निर्णयमाथि अदालतले अंकुश लगाएपछि खेलकुद मन्त्री गहतराजले नऔपचारिक रुपमा असन्तुष्ट जनाउने गरेका छन् । नेपाल स्काउट सहित स्वरोजगार कोषका कार्यकारी प्रमुख हटाउने सन्दर्भमा गरिएको फैसलाले गहतराजलाई झस्काएको छ।

सदस्य सचिवको सन्दर्भमा आफुले गरेको निर्णय अनुकुल फैसला अदालतबाट आउनेमा गहतराज आश्वस्त छन् । तर खेलकुदको विषयमा अग्राधिकार सहित चाँडो फैसला आउनुपर्ने गहतराजको जिकिर छ । सिलवाललाई पदमुक्त गर्ने आफ्नो निर्णयनै अदालतबाट सदर हुने मन्त्री गहतराजको अपेक्षा छ । यदि प्रतिकुल फैसला आएको खण्डमा समेत सिलवाललाई मन्त्रालयमा तानेर भुमिका विहीन बनाएर जगेडा राख्न सकिने विकल्पमा छलफल भैरहेको छ ।

अदालतको निर्णय प्रक्रिया हेर्दा मन्त्री गहतराज राखेप सदस्य सचिवको विषय चाँडै टुङ्गिनेमा ढुक्क छैनन् । माघ ३ गते समेत मुद्धाको टुङ्गो लाग्ने सम्भावना कम रहेको मन्त्री निकट स्रोत बताउँछ । त्यसैले सिलवाल र घिसिङको मुद्धा अदालतमा विचाराधिन रहेको अवस्थामा राखेपलाई चलायमान बनाउने सन्दर्भमा मन्त्री गहतराजले आफु निकट खेलकुदका नेतासँग छलफल गरिरहेका छन् ।

सदस्य सचिव विवादको विषय अदालतमा विचाराधिन रहेको अवस्थामा राखेपको कार्यकारी भुमिका अरु कसैलाई दिन सकिने अवस्था छैन । तर मन्त्रालयमा राखेपमा कुनै अधिकृत स्तरको कर्मचारीलाई निमित्त दिएर जाने सन्दर्भमा गृहकार्य भईरहेको छ ।

‘पहिलो कुरा माघ ३ गते सरकारी निर्णयको पक्षमा फैसला आओस भन्ने हो । अरु सकैलाई कार्यकारी दिएर जादाँ अदालतको आदेशको मानहानीको मुद्धा हाल्न सक्छ । अदालतले कुनै निर्णय दिएन भने निमित्त दिएर जाने विषयमा छलफल भैरहेको छ ।’ मन्त्रालय स्रोतले खेलपाटीलाई भन्यो ।

‘राखेपमा कार्यकारी प्रमुख नभएको अवस्थामा निमित्त दिएर जाने विषयमा कानुनी परामर्शमा छौं । सदस्य सचिवको सन्दर्भमा निर्णय हुन ढिला भएको खण्डमा खेलकुदलाई ‘होल्ड’ गर्न हुदैन भन्ने मन्त्री प्रष्ट हुनुहुन्छ ।’ मन्त्रालय स्रोतले भन्यो ।

राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा ५२ को १ मा परिषदले आफुलाई प्राप्त अधिकार आवश्यकता अनुसार केही अधिकार अध्यक्ष, उपाध्यक्ष, सदस्य, सदस्य सचिव वा समितिलाई प्रत्यायोजन गर्न सक्ने उल्लेख छ । यस्तै, उपदफा २ ले समितिले ऐन अन्तर्गत बनेको नियम बमोजिम आफुलाई प्राप्त अधिकार मध्य आवश्यकता अनुसार केही अधिकार समितिको संयोजक, कुनै सदस्य वा परिषद्को कुनै अधिकृत कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।

सरकार परिर्वतनसँगै युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको राखेप, नेपाल स्काउट, युवा परिषद र युवा स्वरोजगार कोषको नेतृत्व परिवर्तनको निर्णय भएको थियो । तर युवा परिषद बाहेक अन्य निर्णय अदालतमा प्रवेश गरे ।

नेपाल स्काउटका अध्यक्ष लोकबहादुर भण्डारीलाई अदालतले पुर्नबहाली गर्दियो । युवा स्वरोजगार र खेलकुद परिषद्को विषय अदालतमा विचाराधिन छ । युवा परिषद्मा भने सरकारले माओवादी केन्द्रका नेता सुरेन्द्र बस्नेतलाई कार्यकारी उपाध्यक्षमा नियुक्त गरेको छ ।

राखेप बोर्ड सदस्यको मुद्धामा अदालतले पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ । पुस १३ गते अदालतले पुरानै आदेशलाई निरन्तरता दियो । तर बोर्ड सदस्यहरु आफुहरु पुर्नबहाली भएको दाबी गर्दै सार्वजनीक मञ्चमा देखिने गरेका छन् । सरकारको निर्णयमा अदालतले एक पछि अर्को ‘ब्रेक’ लगाएपछि खेलकुद मन्त्रालयको सम्पुर्ण काम कारबाही प्रभावित बनेको छ ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन
umbro nepal
  • ताजा समाचार
  • खेल आज
मेसी विश्वकप छनोट खेल्न अर्जेन्टिनामा फर्किए
मेसी विश्वकप छनोट खेल्न अर्जेन्टिनामा फर्किए
नेपाल सुपर थ्रीमा
नेपाल सुपर थ्रीमा
यमलको सिजन !
यमलको सिजन !
बंगलादेशलाई हराउन सक्छौं ?
बंगलादेशलाई हराउन सक्छौं ?
बार्सिलोनाले जित्यो २८औंपल्ट ला लिगाको उपाधि
बार्सिलोनाले जित्यो २८औंपल्ट ला लिगाको उपाधि
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP