काठमाडौं । इटालियन क्लब युभेन्ट्सका विंगर फेडेरिको चिसाले जारी सिजनको बाँकी खेल गुमाउने भएका छन् ।
चोटको कारण इटालियन विंगरले सिजनको बाँकी खेल गुमाउने भएका हुन् ।
फेडेरिकोले घुँडाको एसीएलको चोट बोकेको युभेन्ट्सले जनाएको छ ।
इटालियन सिरी ए मा रोमाविरुद्धको खेलमा उनले चोट बोकेका हुन् ।
फेडेरिकोले चोट बोकेको खेलमा युभेन्ट्सले रोमालाई ४-३ ले हराएको थियो ।
फेडेरिकोले यस सिजन १७ खेलमा ४ गोल गरेका छन् ।
