मंगलबार, भदौ ३१, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
  4. /
  5. फुटबलबाट उम्टिटीले लिए बिदा

फुटबलबाट उम्टिटीले लिए बिदा

२०२५ सेप्टेम्बर १६, मङ्गलबार

फुटबलबाट उम्टिटीले लिए बिदा

काठमाडौं। फ्रान्सका पूर्व डिफेन्डर र सन् २०१८ को विश्वकप विजेता सामुएल उम्टिटीले ३१ वर्षको उमेरमा व्यवसायिक फुटबलबाट सन्न्यास घोषणा गरेका छन्।

गत सिजनपछि फ्रान्सेली लिग क्लब लिल छोडेका उनी त्यसयता क्लबविहीन थिए। सोमबार सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत उम्टिटीले भने,‘उतार–चढावले भरिएको करिअरपछि अब विदा हुने समय आएको छ। मैले आफ्नो सम्पूर्ण जोश र जाँगरसहित खेलें, मलाई कुनै पश्चाताप छैन।’

बार्सिलोनाबाट उनले दुई ला लिगा उपाधि र तीन कोपा डेल रे जितेका थिए। फ्रान्सका लागि ३१ खेल खेलेका उनले चार गोल गरेका छन्, जसमा २०१८ को विश्वकप सेमिफाइनलमा बेल्जियमविरुद्धको १–० को जितमा निर्णायक हेडिङ गोल पनि समावेश छ।

फ्रान्सका प्रशिक्षक डिडिएर डेसच्याम्प्सले उम्टिटीको योगदानलाई सम्झिँदै भने,‘युरो २०१६ बाट राष्ट्रिय टोलीमा प्रवेश गरेका सामले २०१८ विश्वकप जित्न महत्त्वपूर्ण भूमिका खेले। बेल्जियमविरुद्धको गोल सबैले सम्झिरहनेछन्। उनको राफाएलसँगको साझेदारी, डिफेन्समा देखाएको दृढता र अन्तिम क्षणसम्म खेलेको साहसिक प्रदर्शन प्रेरणादायी थियो।’

उम्टिटी २०१८ को विश्वकप विजेता टोलीबाट सन्न्यास लिने पाँचौं खेलाडी बनेका छन्। यसअघि ब्लेज माटुइडी, अदिल रामी, राफाएल भारेन र स्टीभ मन्डान्डाले सन्न्यास लिइसकेका छन्।

आफ्नो करिअरको सुरुआत लियोनबाट गरेका उम्टिटीले सन् २०१२ मा फ्रेन्च कप जितेका थिए। तर, पछिल्ला वर्षमा लगातार चोटपटकका कारण उनी संघर्षरत रहे। लिलमा पनि उनले थोरै मात्र खेल्न पाए।

उनी भन्छन्,‘लिलमा फर्किनका लागि मैले सबै प्रयास गरें। धेरैलाई थाहा छैन मैले कति संघर्ष गरें, तर मेरो शरीरले साथ दिन सकेन।

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपालको जितमा समीरको २ गोल

नेपालको जितमा समीरको २ गोल

एन्फा यु–१६ र ‘ए’ डिभिजन लिगका बैठक स्थगित

एन्फा यु–१६ र ‘ए’ डिभिजन लिगका बैठक स्थगित

घरेलु फुटबलका सबैखाले गतिविधि स्थगित

घरेलु फुटबलका सबैखाले गतिविधि स्थगित

Bhat Bhateni
फुटबलबाट उम्टिटीले लिए बिदा

फुटबलबाट उम्टिटीले लिए बिदा

सुपर फोमा पुग्यो भारत

सुपर फोमा पुग्यो भारत

नेपालको जितमा समीरको २ गोल

नेपालको जितमा समीरको २ गोल

एन्फा यु–१६ र ‘ए’ डिभिजन लिगका बैठक स्थगित

एन्फा यु–१६ र ‘ए’ डिभिजन लिगका बैठक स्थगित

घरेलु फुटबलका सबैखाले गतिविधि स्थगित

घरेलु फुटबलका सबैखाले गतिविधि स्थगित

नेपाली टोलीमा आदिलको पुनरागमन

नेपाली टोलीमा आदिलको पुनरागमन

वेस्ट इन्डिजसँग सिरिज खेल्ने टोलीको घोषणा

वेस्ट इन्डिजसँग सिरिज खेल्ने टोलीको घोषणा

नाटकीय लिभरपुल

नाटकीय लिभरपुल