बुधबार, २५ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

सुपर फोमा पुग्यो भारत

मंगलबार, ३१ भाद्र २०८२
सुपर फोमा पुग्यो भारत
Loading ad...
mustang rice ad

काठमाडौं। एसिया कपको 'ए' समूहको खेलमा संयुक्त अरब इमिरेट्स (युएई)ले ओमानलाई ४२ रनको विशाल अन्तरले पराजित गरेको छ। यो हारसँगै ओमान समूह चरणबाटै बाहिरिएको छ। अर्कोतर्फ भारत सुपर फोमा पुग्ने पहिलो टोली बनेको छ।

भारतले समूह चरणमा आफ्ना दुवै खेल जितेको छ। पाकिस्तान दुई खेलबाट दुई अंकसहित दोस्रो स्थानमा छ। युएईको पनि दुई अंक छ, तर रनरेटको हिसाबले तालिकामा तेस्रो स्थानमा छ।

सोमबार (सेप्टेम्बर १५) अबुधाबीको शेख जायद रंगशालामा ओमानले टस जितेर युएईलाई पहिले ब्याटिङको लागि आमन्त्रण गरेको थियो।

पहिले ब्याटिङ गर्ने निर्णय गरेको युएईले दुई ओपनरको अर्धशतकको मद्दतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७२ रन बनाएको थियो। अलिशान शराफले ३८ बलमा ५१ रन बनाए भने कप्तान मुहम्मद वसीमले ५४ बलमा ६९ रन बनाए।

लक्ष्य पछ्याउन ब्याटिङमा आएको ओमानको सुरुआत राम्रो भएन। ओमानले ४.३ ओभरमा ३२ रन बनाएपछि ४ विकेट गुमायो। आर्यन बिष्ट र विनायक शुक्लाले छैटौं विकेटका लागि ३६ बलमा ३८ रनको साझेदारी गरे। तर, जितका लागि त्यो पर्याप्त भएन।

बिशतले ३२ बलमा २४ रन बनाए भने ओपनर जतिन्दरले १० बलमा २० रन बनाए। अन्त्यमा ओमान १८.४ ओभरमा १३० रनमा अलआउट भयो। युएईका लागि जुनैद सिद्दिकीले २३ रन दिएर ४ विकेट लिए।

यसअघि ब्याटिङ गर्न निस्कँदा युएईले राम्रो सुरुआत गर्‍यो। ओपनरहरू अलिशान शराफ र मुहम्मद वसीमले ओपनिङ साझेदारीमा ८८ रन जोडे। जितेन रामानन्दीले शराफलाई आउट गर्दै साझेदारी तोडे।

तेस्रो नम्बरमा आउने मौकाको फाइदा उठाउन आसिफ खानले सकेनन्। उनी ५ बलमा २ रन बनाएर आउट भए। मुहम्मद जोहैब १३ बलमा २१ रन बनाएर आउट भए। कप्तान मुहम्मद वसीम इनिङ्सको अन्तिम ओभरमा रन आउट भएपछि फर्किए।

अन्त्यमा युएईले ५ विकेट गुमाएर १७२ रन बनाउन सफल भयो। हर्षित कौशिक ८ बलमा १९ रनमा अविजित रहे। ओमानका लागि जितनले २ विकेट लिए। हसनैन शाह र श्रीवास्तवले १-१ विकेट लिए।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपालले घरेलु मैदानमा ओमान, यूएई, अमेरिका र स्कटल्यान्डसँग खेल्ने

नेपालले घरेलु मैदानमा ओमान, यूएई, अमेरिका र स्कटल्यान्डसँग खेल्ने

बागमतीको जितमा सन्दीपको ५ विकेट

बागमतीको जितमा सन्दीपको ५ विकेट

हार्दिकको पुनरागमनको अपेक्षा

हार्दिकको पुनरागमनको अपेक्षा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
पेट्रोलमेक्सको उज्यालोदेखि इलाम गोल्डकपसम्म :  फुटबल क्रेजको जीवन्त कथा

पेट्रोलमेक्सको उज्यालोदेखि इलाम गोल्डकपसम्म : फुटबल क्रेजको जीवन्त कथा

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

मोरक्को गएका सात फुटबल खेलाडी बेपत्ता

मोरक्को गएका सात फुटबल खेलाडी बेपत्ता

नेपालले घरेलु मैदानमा ओमान, यूएई, अमेरिका र स्कटल्यान्डसँग खेल्ने

नेपालले घरेलु मैदानमा ओमान, यूएई, अमेरिका र स्कटल्यान्डसँग खेल्ने

बागमतीको जितमा सन्दीपको ५ विकेट

बागमतीको जितमा सन्दीपको ५ विकेट

नेयमार फेरि विवादको केन्द्रमा

नेयमार फेरि विवादको केन्द्रमा

 गोल्डेनटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाइनलमा

गोल्डेनटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाइनलमा

कराते वान प्रिमियर लिग खेल्दै एरिका

कराते वान प्रिमियर लिग खेल्दै एरिका