मंगलबार, भदौ ३१, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
  4. /
  5. टिशा र प्रारम्भलाई उपाधि 

टिशा र प्रारम्भलाई उपाधि 

२०२२ जनवरी ८, शनिबारखेलपाटी संवाददाता

टिशा र प्रारम्भलाई उपाधि 

काठमाडौं ।  टिशा महर्जन र प्रारम्भ भण्डारी दोश्रो जुनियर अक्वाथलनको यू-१६ तर्फ उपाधि जितेका छन् ।

नेपाल ट्राईयाथलन संघको आयोजना तथा लिटिल डलफिन स्वीम स्कुलको सहआयोजनामा भएको प्रतियोगिताको २.४ किमी दौड, ४०० मिटर पौडी र १.४ किमी दौडको दुरी महिला तर्फ २४ मिनेट ५६ सेकेन्डका साथ टिशाले र पुरुष तर्फ २३ मिनेट ५४ सेकेन्डका साथ प्रारम्भले पहिलो स्थान हात पारेका हुन् ।

महिला तर्फ आज्मी शेरचनले २६ मिनेट ३९ सेकेन्डका साथ दोश्रो र रोशा न्यौपानेले ३१ मिनेट २६ सेकेन्डका साथ तेश्रो स्थान हात पारे । यस्तै पुरुष तर्फ तेन्जिङ्ग रायन गुरुङ्गले २४ मिनेट ११ सेकेन्डका साथ दोश्रो र २५ मिनेट ३८ सेकेन्डका साथ जादेन श्रेष्ठले तेश्रो स्थान प्राप्त गरे ।

विजयी पहिलो स्थान हात पार्ने खेलाडीहरुले नगद ५ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरे ।  यस्तै दोश्रोले ३ हजार र तेश्रोले २ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरे ।

महिला तर्फ स्वस्तिका भण्डारीले चौथो स्थान प्राप्त गर्दै १ हजार नगद सान्त्वना पुरस्कार प्राप्त गरिन् । पुरुष तर्फ सनिल थापा मगर र अजल काजी ताम्राकारले चौथो र पाँचौ स्थानका साथ नगद १ हजार सान्त्वना प्राप्त गरे ।

सातदोवाटोस्थित अन्तर्राष्ट्रिय खेल परिसरमा भएको प्रतियोगिताको यू-१३ महिला तर्फ आर्या महर्जन पहिलो भईन् । उनले ३२ मिनेट ३९ सेकेन्डका साथ उक्त दुरी पुरा गरेकी हुन् । दोश्रो स्थानमा आश्ना श्रेष्ठ ३३ मिनेट ५३ सेकेन्डमा र तेश्रो स्थानमा आकंक्षा श्रेष्ठ ३६ मिनेट ५६ सेकेन्डमा दुरी पुरा गर्न सफल भए ।

यस्तै पुरुष तर्फ आरोहण भण्डारीले २५ मिनेट ३८ सेकेन्डका साथ निर्धारित दुरी पुरा गर्दै प्रथम स्थान हात पार्न सफल भए । दोश्रो स्थानमा अथर्व सिंह रहे । उनले २५ मिनेट ५८ सेकेन्डमा दुरी पुरा गरे । तेश्रो स्थानमा रहेका प्रसर्य श्रेष्ठले ३३ मिनेट ३२ सेकेन्डमा दुरी पुरा गरे ।

बिजयी पहिलो स्थान हात पार्ने खेलाडीहरुले नगद ५ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरे ।  यस्तै दोश्रोले ३ हजार र तेश्रोले २ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरे ।

यू- १० तर्फ एक मात्र सानी खेलाडी ज्योत्सना भट्टले प्रतियोगितामा सहभागिता जनाए बापत सान्त्वना बापत नगद १ हजार प्राप्त गरिन् ।

बिजयी खेलाडीहरुलाई प्रमुख अतिथी माननिय युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज ‘अथक’ र नेपाल ट्राईयाथलन संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्र राज श्रेष्ठले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा २५ खेलाडीहरुको उपस्थिती रहेको थियो । प्रतियोगितालाई किङ्गस् एण्ड क्रल, काठमाण्डौ फर्टिलिटी सेन्टर, सुमिङ्ग प्यारेन्ट एसोसियशन, ब्लाक बक्स टेक्नोलोजी, एग्रो थाई फुड, के एण्ड के प्रिन्टिङ्ग, रोयल हुक्का, गरिमा विकास बैंक, थानकोट मेडिकल हलले प्रायोजन गरेका थिए ।

टिशा र प्रारम्भलाई उपाधि
Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपालको पहिलो महिला प्रधानमन्त्री बनिन् कार्की

नेपालको पहिलो महिला प्रधानमन्त्री बनिन् कार्की

स्पोर्ट्स अवार्ड स्थगित

स्पोर्ट्स अवार्ड स्थगित

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

Bhat Bhateni
पाकिस्तानको जितमा अब्दुल्लाहको ह्याट्रिक

पाकिस्तानको जितमा अब्दुल्लाहको ह्याट्रिक

माल्दिभ्सको पोस्टमा भारतको आधा दर्जन गोल

माल्दिभ्सको पोस्टमा भारतको आधा दर्जन गोल

पीएसजीलाई रोक्न सक्ने को?

पीएसजीलाई रोक्न सक्ने को?

फुटबलबाट उम्टिटीले लिए बिदा

फुटबलबाट उम्टिटीले लिए बिदा

सुपर फोमा पुग्यो भारत

सुपर फोमा पुग्यो भारत

नेपालको जितमा समीरको २ गोल

नेपालको जितमा समीरको २ गोल

एन्फा यु–१६ र ‘ए’ डिभिजन लिगका बैठक स्थगित

एन्फा यु–१६ र ‘ए’ डिभिजन लिगका बैठक स्थगित

घरेलु फुटबलका सबैखाले गतिविधि स्थगित

घरेलु फुटबलका सबैखाले गतिविधि स्थगित