काठमाडौं । एएफसी यू-१९ महिला च्याम्पियनसिपको छनोटमा सहभागिता जनाउन नेपाली यू-१९ महिला फुटबल टोली आज (सोमबार) थाइल्याण्ड जाँदैछ ।
छनोटमा उच्च प्रदर्शन गर्ने लक्ष्यसहित नेपाली टोली थाइल्याण्ड जान लागेको हो । नेपाली टोली अपरान्ह १ बजे थाइल्याण्ड प्रस्थान गर्ने कार्यकम रहेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टोलीलाई आइतबारनै विदाई गरेको थियो ।
छनोटको समूह 'बि' मा रहेको नेपालले पहिलो खेलमा बलियो प्रतिद्वन्द्वी थाइल्याण्डसंग प्रतिस्पर्धा गर्नेछ । यस समूहमा नेपालसहित थाइल्याण्ड, भारत र पाकिस्तान रहेको छ ।
नेपाल र थाइल्याण्डबीचको खेल बुधबार चोनबुरी स्टेडियममा हुनेछ । यस्तै नेपालले दोस्रो खेलमा भारतसंग अक्टोबर २६ र अन्तिम खेल पाकिस्तानसंग २८ अक्टोबरमा खेल्नेछ ।
छनोटको समूह विजेता टोलीले दोस्रो चरणको छनोटमा स्थान बनाउनेछन् । यस्तै पहिलो चरणको छनोटको उत्कृष्ट दुई उपविजेताले पनि दोस्रो चरणमा स्थान बनाउनेछन् । छनोटको पहिलो चरणमा ६ समूहबाट २५ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।
आगामी अप्रिलमा हुने दोस्रो चरणको छनोटमा ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् । जसबाट ४ टोलीले एएफसी यू-१९ महिला च्याम्पियनसिप खेल्नेछ । एएफसी यू-१९ महिला च्याम्पियनसिप अर्को बर्ष थाइल्याण्ड मै आयोजना हुनेछ ।
च्याम्पियनसिपका लागि चीन, जापान र उत्तर कोरिया छनोट भईसकेका छन् ।
नेपाली टोली :
गोलकिपर – अन्जना राना मगर, उषा नाथ, कविता राई
डिफेन्डर – निशा थोकर, सुष्मा महर्जन, रोजिना श्रेष्ठ, समिक्षा घिमिरे, विमला विक, कोपिला धिमाल, पुनम फरसवान, पुजा राना मगर
मिडफिल्डर – सरु लिम्बु, मन्जली कुमारी योन्जन, शुभद्रा खड्का, अस्मिता बैद्य, मनिषा राउत,सुहानी कुसुवार, सृजना सिंह ठकुरी, सम्झना लावती
स्ट्राइकर – रश्मी कुमारी घिसिङ, रेखा पौडेल, एलिसा जाम्बा, सम्झाना शर्मा
मुख्य प्रशिक्षक – हरि ओम श्रेष्ठ
सहायक प्रशिक्षक – प्रकास बैद्य
गोलकिपर प्रशिक्षक – अस्मिता खवास