एनआईसी एशिया बैंकद्धारा भलिबल टोलीलाई खेल पेशाक
काठमाडौं । बंगलादेशमा आयोजना हुने एशियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यामिपयनसिपमा सहभागी हुन जाने नेपाली टोलीलाई एनआईसी एशिया बैंकले आईतवार खेल पोशाक हस्तान्तरण गरेको छ ।
थापाथलीस्थित बैकको केन्द्रिय कार्यलयमा बैंकका प्रमुख कार्यकारी अधिकृत रोसन कुमार न्यौपानेले महिला टिमकी कप्तान अरुणा शाही,पुरुष टिमका कप्तान इम रानामगर र महिला टिमका मुख्य प्रशिक्षक जगदिस भट्टलाई खेल पोशाक हस्तान्तरण गरेका थिए ।
नेपालको नेतृत्व गदै बंगलादेशमा एशियन सेन्ट्रल जोन खेल्न जाने पुरुष तथा महिलाका सदस्यलाई उच्च मनोबलका साथ उत्कृष्ट प्रदर्शनका लागि शुभकामना ब्यक्त गदै प्रमुख कार्यकारी अधिकृत न्यौपानेले संस्थाले खेल पोशाककै रुपमा हातेमालो गर्ने अवसर पाएकोमा गर्व महसुस गरेको बताए।
सो अवसरमा प्रशिक्षक भट्टले राष्ट्रिय खेल भलिबलको विकास र विस्तारमा बैंकले देखाएको चाँसोमा नेपाल भलिबल संघ र समग्र भलिबल खेलाडी आभार ब्यक्त गदै आगमि दिनमा पनि एनआईसी एशिया बैंकको सहयोग सद्भाव रहिरहने विश्वास ब्यक्त गरे ।
बिदाई तथा खेल पोशाक हस्तान्तरण कार्यक्रममा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत क्रिकेटर सन्तोष कुमार राठी,बैंकका सहायक महाप्रबन्धक नेपाल भलिबल संघका उपाध्यक्ष भलिबलका राष्ट्रिय खेलाडी रन्जन खड्कालगायतको उपस्थिति रहेको थियो ।
बैंकले महिला तथा पुरुष टिमका खेलाडी,प्रशिक्षक र अफिसियललाई जुत्ता,स्पोर्टस् ब्याग,निक्याप र मोजा उपलब्ध गराएको थियो ।









-1762145877202.webp&w=3840&q=75)
-1762133940610.webp&w=3840&q=75)
-1762132968206.webp&w=3840&q=75)




