सोमबार, कार्तिक १८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Bhat Bhateni Supermarket Ad

'हाम्रो लक्ष्य नै च्याम्पियन बन्ने हो'

सोमबार, मंसिर २७, २०७८खेलपाटी संवाददाता
'हाम्रो लक्ष्य नै च्याम्पियन बन्ने हो'
Classic Tech Internet Ad

काठमाडौं । दुई वर्ष अघि नेपाली महिला भलिबलले ऐतिहासिक उपलब्धि हात पारेको थियो ।

बंगलादेशको ढाकामा आयोजना भएको एभिसी सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि जित्दै महिला भलिबलले ऐतिहासिक उपलब्धि पाएको थियो ।

फाइनलमा माल्दिभ्सलाई ३-० को सोझो सेटमा हराउँदै नेपालले अपराजित रहदै नेपाल च्याम्पियन बनेको थियो । जुन नेपाली महिला भलिबलले पाएको पहिलो अन्तराष्ट्रिय उपाधि थियो ।

यतिबेला नेपाली महिला टोलीले एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपको तयारी गरिरहेको छ । जुन ढाकामै डिसेम्बर २१ देखि २९ सम्म आयोजना हुँदैछ ।

यस पटक नेपाली टोलीले साविक विजेताको रुपमा प्रतियोगितामा सहभागिता जनाउदैछ ।

नेपाली टिम उपाधि रक्षा गर्ने योजनासहित ढाका जादैछ । तर, सहभागी टिम संख्या बढेको कारण नेपाललाई उपाधि रक्षा गर्न त्यति सहज छैन ।

May be an image of 2 people, people standing and indoor

नेपाली टोलीका कप्तान अरुणा शाही भने च्याम्पियन बनेरै फर्कने बताउछिन् ।

'यसलाई हामीले अवसरको रुपमा हेरेका छौँ । पछिल्लो पटक हामी च्याम्पियन भएर आएका थियौं,' कप्तान अरुणा भन्छिन्, 'अहिले पनि हाम्रो लक्ष्य च्याम्पियन हुनुपर्छ भन्नेछ । त्यहिँ अनुसार तयारी गरिरहेका छौँ । हाम्रो लक्ष्य नै च्याम्पियन बन्ने हो ।'

प्रतियोगितामा महिलातर्फ ६ टिमको सहभागिता रहेको छ । महिलामा आयोजक  बंगलादेश, नेपाल, किर्गिस्तान, माल्दिभ्स, श्रीलंका र उज्वेकिस्तानले प्रतिस्पर्धा गर्नेछन् ।

'पाँच टिमसँग हामीले खेलिसकेका छौँ । उज्वेकिस्तान हाम्रो लागि नयाँ टिम हो ।  श्रीलंका पनि बलियो टिम छ । राम्रै तयारी गरेका छौँ जित्छौं होला,' नयाँ टिमबारे अरुणाले भनिन् ।

प्रतियोगिताका लागि नेपाली टोलीले राम्रो तयारी गर्न भने पाएन । तर, कम तयारीमा राम्रो नतिजाका लागि टिम केन्द्रित भएको अरुणा बताउछिन् ।

'प्रशिक्षण थालेको एक महिना हुनै लाग्यो । सुरुआतमा भन्दा धेरै सुधार भईरहेको छ । नयाँ बहिनी(खेलाडी) हरुको आगमन भएको छ । टिम राम्रो बनेको छ । तयारी राम्रो भईरहेको छ,' अरुणाले भनिन्, 'कोरोनाले गर्दा मैत्रीपूर्ण खेलहरु खेल्न नपाउने अवस्था छ । त्यसैले जे छ त्यसैमा एडजस्ट भएर कसरि राम्रो नतिजा ल्याउन सकिन्छ  भनेर केन्द्रित छौँ ।'

May be an image of 1 person

कप्तान अरुणाले टिमको कमजोर पक्ष सर्भिस र रिसिभमा सुधार भईरहेको बताईन् ।

'सर्भिस र रिसिभ बलियो बनाउनु पर्छ । सर्भिस राम्रो गरेर विपक्षीको स्पाइकर चल्न नदिए जित्न सजिलो हुन्छ । हाम्रो स्पाइकर त्यसै बलियो छ । त्यसमा पनि सर्भिस, रिसिभ र ब्लक राम्रो भएको छ,' अरुणाले भनिन् ।  

मुख्य प्रशिक्षक जगदीश भट्टले घोषणा गरेको टोलीमा तीन खेलाडी पहिलो पटक परेका छन् । लक्ष्मी चन्द,  कामना विष्ट र शान्ती थारुले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएकी छिन् ।

नेपाली महिला टिम  :

अरुणा शाही, प्रतिभा माली, सरस्वती चौधरी, शान्ति थारु, उषा भण्डारी,  सफिया पुन, सुनिता खड्का,  मनिषा चौधरी, कृपा अधिकारी, कामना विष्ट, लक्ष्मी चन्द, सलिना श्रेष्ठ

Bajaj Pulsar Motorcycle Ad
'हाम्रो लक्ष्य नै च्याम्पियन बन्ने हो'

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कमजोर माल्दिभ्ससँग मात्रै नेपाल हाबी

कमजोर माल्दिभ्ससँग मात्रै नेपाल हाबी

काभा कपको फाइनल होडबाट बाहिरियो नेपाल

काभा कपको फाइनल होडबाट बाहिरियो नेपाल

नेपालले माल्दिभ्सलाई हरायो

नेपालले माल्दिभ्सलाई हरायो

Bajaj Pulsar Motorcycle Ad
बायर्नले बर्लिनसँग खेल्ने

बायर्नले बर्लिनसँग खेल्ने

फेरि चम्किए हल्यान्ड

फेरि चम्किए हल्यान्ड

क्लासिकोको चोटलाई बिर्सिन खोज्दै बार्सिलोना

क्लासिकोको चोटलाई बिर्सिन खोज्दै बार्सिलोना

तेस्रो प्रयासमा भारतले जित्यो विश्वकप

तेस्रो प्रयासमा भारतले जित्यो विश्वकप

डिफेन्डिङ च्याम्पियनलाई हराउँदै पथरी ११ सेमिफाइनलमा

डिफेन्डिङ च्याम्पियनलाई हराउँदै पथरी ११ सेमिफाइनलमा

बाँकेमा 'फिफा फुटबल फर स्कुल' कार्यक्रम, तीन हजार सहभागी

बाँकेमा 'फिफा फुटबल फर स्कुल' कार्यक्रम, तीन हजार सहभागी

सालाहको ऐतिहासिक २५० औं गोल

सालाहको ऐतिहासिक २५० औं गोल

किन राष्ट्रिय लिग भन्दैछ एन्फा ?

किन राष्ट्रिय लिग भन्दैछ एन्फा ?