पुलिसलाई हिमालयनको चुनौती
बुधबार, मंसिर २२, २०७८खेलपाटी संवाददाता

काठमाडौं । हिमालयन शेर्पाले वर्ष ०७६ को लिगमा पुलिसलाई गोलरहित बराबरीमा रोकेको थियो ।
त्यति मात्र होइन्, वर्ष ०७५ मापनि यी दुई टिमले १–१ को बराबरी खेलेका थिए ।
सहिद स्मारक लिग ए डिभिजन ०७८ मा बुधबार यिनै दुई टिम भिड्दै छन् र हिमालयन शेर्पाको सबैभन्दा ठूलो उद्देश्य यस्तै बराबरीको नतिजा निकाल्ने हुनेछ ।
हिमालयन शेर्पाको दुई खेलबाट एक अंक छ । पुलिसको दुई खेलबाट चार अंक रहेको छ।
लिगका पछिल्ला पाँच संस्करणका खेललाई आधार मान्ने हो भने त्यसमा पुलिस दुई खेलमा विजयी रहेको छ । बाँकी तीन खेल बराबरीमा टुंगेको छ ।
पुलिसलाई हिमालयनको चुनौती






-1763024272658.jpeg&w=3840&q=75)
-1762997834781.jpeg&w=3840&q=75)






