काठमाडौं । सहिद स्मारक लिग ए डिभिजन ०७८ मा जावलाखेल दुई खेलमा दुबैमा पराजित रहेको छ ।
त्यति मात्र होइन्, जावलाखेलले यी खेलमा गोल पनि गर्न सकेको छैन् । यस्तोमा जावलाखेलको सुरुआत निराशाजनक रहेको छ ।
तर, बुधबार यही जावलाखेलको सामना गर्दा डिफेन्डिङ च्याम्पियन मछिन्द्र सावधान हुनु पर्नेछ ।
मछिन्द्रको दुई खेलबाट चार अंक छ । जावलाखेल भने लगातार पराजित रहेको छ र उसको शून्य अंक छ ।
वर्ष ०७६ को पछिल्लो लिगमा मछिन्द्रले जावलाखेललाई १-० हराएको थियो । यसपछि लिगका पछिल्ला पाँच संस्करणमा जावलाखेल दुई र मछिन्द्र दुई खेलमा विजयी रहेको छ । त्यसको अर्थ मछिन्द्रविरुद्ध जावलाखेलले तेर्साउने चुनौती बराबरीको हुने गर्छ ।
यस वर्ष जावलाखेलले पहिलो खेलमा मनाङ मर्स्याङ्दीसँग १-० को हार व्यहोरेको थियो । दोस्रो खेलमा समेत जावलाखेल नेपाल पुलिसविरुद्ध १-० ले पराजित भयो ।
यता, मछिन्द्रले पहिलो खेलमा एनआरटीलाई २-१ ले हराएको थियो । मछिन्द्र दोस्रो खेलमा भने आर्मीसँग गोलरहित बराबरीमा रोकिएको थियो ।