काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग फुटबलमा हार व्यहोरेको छ ।
समूह चरणको अन्तिम खेलमा सिटी जर्मन क्लब आरबी लाइपजिगसँग २-१ गोल अन्तरले पराजित भएको हो ।
खेलको २४ औं मिनेटमा डोमिनिकले गोल गर्दै लाइपजिगलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ७१ औं मिनेटमा आन्द्रे सिल्भाले गोल गर्दै लाइपजिगलाई २-० को अग्रता दिलाए ।

त्यसपछि खेलको ७६ औं मिनेटमा रियाद महरेजले एक गोल फर्काएपनि सिटी २-१ ले पराजित भयो ।
यस्तै खेलको ८२ औं मिनेटमा केली वाल्करले रातो कार्ड पाएपछि सिटी १० खेलाडीमा समेटिएको थियो ।
लाइपजिगसँग पराजित भएपनि सिटी समूह ए को समूह विजेता बनेको छ ।
सिटीले ६ खेलमा १२ अंक जोड्यो ।
लाइपजिग ७ अंक जोडेर तेस्रो स्थानमा रह्यो ।
