काठमाडौं । स्पेनिस क्लब एट्लेटिको मड्रिड च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।
समूह चरणको अन्तिम खेलमा पोर्चुगिज क्लब एफसी पोर्टोलाई ३-१ गोल अन्तरले हराउँदै एट्लेटिको अन्तिम १६ मा पुगेको हो।
रातो कार्डको वर्षा भएको खेलमा एन्टोनी ग्रीजम्यानले ५६ औं मिनेटमा गोल गर्दै एट्लेटिकोलाई सुरुआती अग्रता दिलाएका थिए ।
६७ औं मिनेटमा यान्निक कारास्कोले रातो कार्ड पाएपछि एट्लेटिको १० खेलाडीमा समेटियो ।

७० औं मिनेटमा वेन्डेले रातो कार्ड पाएपछि पोर्टो पनि १० खेलाडीमा सिमित भयो ।
खेलको ७५ औं मिनेटमा मार्चेसिनले रातो कार्ड पाएपछि पोर्टो ९ खेलाडीमा समेटियो ।
खेलको ९० औं मिनेटमा एन्जल कोर्रेयाले गोल गर्दै एट्लेटिकोलाई २-०को अग्रता दिलाए ।
इन्जुरी समयको दोस्रो मिनेटमा पाउलले गोल गर्दै एट्लेटिकोलाई ३-० को अग्रता दिलाए ।
त्यसपछि इन्जुरी समयको छैटौं मिनेटमा पोर्टोका ओलिभिएराले एक गोल फर्काएपनि एट्लेटिको ३-१ ले विजयी भयो ।
यस जितसँगै एट्लेटिको समूह बी को उपविजेता बन्दै अन्तिम १६ मा पुगेको हो ।
एट्लेटिकोले ६ खेलमा ७ अंक जोड्यो ।
पोर्टो ५ अंक जोडेर तेस्रो स्थानमा रह्यो ।