रियल समूह विजेता
२०२१ डिसेम्बर ८, बुधबारखेलपाटी संवाददाता

काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडले च्याम्पियन्स लिग फुटबलमा सहज जित निकालेको छ ।
मंगलबार राति समूह चरणको अन्तिम खेलमा रियलले इटालियन क्लब इन्टर मिलानलाई २-० गोल अन्तरले हराएको हो ।
रियलको जितमा टोनी क्रुस र मार्को एसेन्सियोले एक एक गोल गरे ।
घरेलु मैदानमा खेलको १७ औं मिनेटमा क्रुसले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ६४ औं मिनेटमा बरेलाले रातो कार्ड पाएपछि इन्टर १० खेलाडीमा समेटियो ।
त्यसपछि खेलको ७९ औं मिनेटमा एसेन्सियोले गोल गर्दै रियललाई २-० को जित दिलाए ।
यस जितसँगै रियल समूह डी को समूह विजेता बनेको छ ।
रियलले ६ खेलमा १५ अंक जोड्यो ।
इन्टर पनि समूह उपविजेता बन्दै नकआउट चरणमा पुगेको छ ।
इन्टरले ६ खेलमा १० अंक जोड्यो ।
रियल समूह विजेता