काठमाडौं । इंग्लिस क्लब लिभरपुलले च्याम्पियन्स लिग फुटबलको समूह चरणमा शतप्रतिशत जित निकालेको छ ।
मंगलबार राति समूह चरणको अन्तिम खेलमा इटालियन क्लब एसी मिलानलाई २-१ गोल अन्तरले हराउँदै लिभरपुलले शतप्रतिशत जित निकालेको हो।
मिलानको मैदानमा लिभरपुललाई जित दिलाउन मोहमद सलाह र डिभोग ओरिगीले एक एक गोल गरे ।
खेलमा सुरुआती अग्रता भने मिलानले बनाएको थियो । फिकायो टोमोरीले २८ औं मिनेटमा गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए ।

तर, खेलको ३६ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई १-१ गोलको बराबरीमा फर्काए ।
त्यसपछि खेलको ५५ औं मिनेटमा ओरिगीले गोल गर्दै लिभरपुललाई २-१ को जित दिलाए ।
यस जितसँगै लिभरपुल समूह बी को शीर्ष स्थानमा रहदै नकआउट चरणमा पुगेको छ ।
लिभरपुल च्याम्पियन्स लिगको समूह चरणमा सबै ६ खेल जित्ने पहिलो इंग्लिस टिम समेत बनेको छ ।
लिभरपुलले समूह चरणमा ६ खेलमा १८ अंक जोड्यो ।
मिलान भने समूह चरणबाटै बाहिरिएको छ ।
मिलानले ६ खेलमा ४ अंक जोड्यो ।