• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
सदस्य–सचिवलाई खेलाडी संघको ध्यानाकर्षण
खेलपाटी संवाददाता
मंगलबार, मंसिर २१, २०७८ खेलपाटी संवाददाता
सदस्य–सचिवलाई खेलाडी संघको ध्यानाकर्षण
सदस्य–सचिव घिसिङलाई ध्यानाकर्षण बुझाउदै संघका पदाधिकारीहरु ।

काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले राष्ट्रिय खेलकुद परिषद्का नवनियुक्त सदस्य–सचिव टंकलाल घिसिङलाई ध्यानाकर्षण र सुझाब पत्र बुझाएको छ ।

संघले मंगलबार त्रिपुरेश्वरस्थित संघकै कार्यालयमा सदस्य–सचिव घिसिङलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

अध्यक्ष दीपक श्रेष्ठको नेतृत्वमा संघले सदस्य–सचिव घिसिङलाई ६ बुदे ध्यानाकर्षण र सुझाब पत्र बुझाएको हो ।

गत साता  बसेको मन्त्रीपरिषदको बैठकले घिसिङलाई राखेपको सदस्य-सचिव नियुक्त गरेको थियो। 

युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा मन्त्रीपरिषद्ले घिसिङलाई सदस्य-सचिवको निर्णय गरेको हो । 

सदस्य-सचिव नियुक्त भएपछि पहिलो पटक खेलाडी संघले बधाई तथा शुभकामनासहित ध्यानाकर्षण पत्र बुझाएको हो ।

खेलाडी संघले बुझाएको ध्यानाकर्षण तथा सुझाब पत्र बुझ्दै सदस्य–सचिव घिसिङले आफ्नो कार्ययोजनामा खेलाडीले बुझाएको बुदाहरु रहेको बताए ।

संघका अध्यक्ष श्रेष्ठले सदस्य-सचिव नियुक्तिपछि घिसिङले गरेका राष्ट्रिय टिमको तयारी र खेलाडीको वीमाबारेको निर्णयको स्वागत गर्दै खेलाडीको हकहितमा काम गर्न शुभकामना व्यक्त गरे ।

No description available.

 राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिवलाई नेपाल राष्ट्रिय तथा तथा अन्तर्राष्ट्रिय खेलाडी संघले हस्तान्तरण गरेका ध्यानाकर्षण र सुझाव पत्र  - 

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ नेपाली खेलाडीको साझा संस्था हो । २०६० सालमा स्थापना भएको संघ मुख्यतः खेलाडीको हकहित संरक्षण गर्न र उनीहरुको स्तर उन्नतीका लागि पहल गर्न गठन भएको संस्था हो । संघले डेढ दशक लामो यात्रा पुरा गर्ने क्रममा खेलाडीका लागि केही उदाहरणीय कार्य गरेको जानकारी गराउन पाउँदा हामीलाई गर्व लाग्छ । 
खेलाडीको मुख्य काम खेल्ने र देशको प्रतिष्ठा बढाउन मद्दत गर्ने नै हो । खेलाडीले सिमित साधान श्रोतका वावजुद आफ्नोतर्फबाट देशको प्रतिष्ठा बढाउनका लागि हर सम्भव प्रयास गरिरहेको सबैमा जानकारी भएको विषय नै हो । अन्तर्राष्ट्रिय अवस्थालाई हेर्ने हो भने खेलकुद व्यवसायिक रुपमा निकै अघि बढिसकेको छ। तर, दुर्भाग्य भन्नुपर्छ औपचारिक रुपमै नेपालमा खेलकुद सुरु भएको झन्डै ७० बर्ष हुन लाग्दा पनि नेपालमा खेलकुद व्यवसायिक बन्न सकेको छैन । फुटबल, क्रिकेट जस्ता खेललाई व्यवसायिक बनाउन सम्बन्धित संघले पहल गरेपनि त्यो सिमित मात्रमा छ । तर, दुःखका साथ भन्नै पर्छ राष्ट्रतर्फबाट खेललाई व्यवसायिक बनाउन ठोस कदम चालिएको छैन । देशको खेलकुदलाई व्यवसायिक नबनाउने हो भने आउने दिनमा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्न निकै कठिनाइ हुनेछ । त्यति मात्र होइन स्वदेश भित्र पनि खेलप्रति युवा र अविभावकको आकर्षण कम हुँदै जाने खतरा छ । संघ नव नियुक्त सदस्य सचिव टकं लाल घिसिङज्यूलाई स्वागत गर्दछौं । साथै यहाँले पद बहाली भए देखि नै राष्ट्रिय टीम तयारी र खेलाडी बीमाको बिषयलाई प्राथमिकतामा राख्नुभएको प्रति खेलाडी संघ तथा सम्पूर्ण खेलाडीहरुको तर्फबाट आभार प्रकट गर्दै यहाँको सुखद कार्यकालको कामना गर्दछ । उहाँको नेतृत्वमा नेपाली खेलकुद व्यवसायिक रुपमा अघि बढोस भन्ने कामना पनि संघ गर्दछ ।
नेपाली खेलकुदको वर्तमान अवस्थाबाट प्रगति उन्मुखतिर जान नयाँ सोचका साथ अघि बढ्न अत्यन्त आवश्यक छ । त्यसलाई मध्यनजर गर्दै संघ तत्कालगर्न सकिने र प्राथमिकतामा राख्नु पर्ने विषयलाई बुँदागत रुपमा सदस्य सचिवको ध्यानाकर्षण गराउन चाहन्छ । 
 १) खेलाडीले आफ्नो जीवनको अधिक समय प्रशिक्षणमा विताउनुपर्ने हुन्छ। जसका कारण अध्ययन पनि राम्ररी पुरा गर्न नसकेको थुप्रै उदाहरण छन् । राष्ट्रको प्रतिष्ठा बढाउनका लागि आफ्नो उर्वर समय खर्च गर्ने खेलाडीले खेल्न छाडेपछि आर्थिक रुपमा पनि निकै कठिनाई भोग्नु परेको उदाहरण हाम्रा सामू छन्। त्यसको न्युनिकरणका लागि खेलाडी र पूर्व खेलाडीलाई सरकारले सामाथिजक सुरक्षा (शिक्षा, स्वास्थ्य, वीमा, यातायात, भत्ता) व्यवस्था गर्नुपर्ने हुन्छ। अन्थया नयाँ पुस्तालाई खेल क्षेत्रमा आकर्षित गर्न कठिन हुन्छ। जिल्ला, क्षेत्र, राष्ट्रिय, अन्तर्राष्ट्रिय खेलाडी, पदक विजेता खेलाडीहरुको परिचय पत्र सहित सबैका लागि सामाजिक सुरक्षामा के कति व्यवस्था गर्न सकिन्छ त्यसको बर्गीकरण गरी नीति नै बनाउनुपर्ने आवश्यकता देखिन्छ ।
२)  दक्षिण एसियाली खेलकुद (साग)मा पदक विजेता खेलाडीलाई नगद पुरस्कार दिने नियमावली छ। त्यो तत्कालका लागि उपयुक्त छ । तर, विगतमा सागमा एकपटक, दुईपटक, तीनपटक सम्म पदक जित्ने खेलाडीका लागि सरकारले के गर्न सकिन्छ भन्नेमा पनि सोच्नु पर्ने अवस्था छ । खेल जीवनपछि ती खेलाडीले खेल क्षेत्रलाई आफ्नो अनुभव साट्ने थलोको रुपमा प्रयोग गर्न उनीहरुलाई उचित जिम्मेवारी दिने परम्पराको थालनी गर्न आवश्यक छ। अन्यथा, विगतमा जस्तै खेल जीवन पछि त्यस्ता खेलाडी विदिशिएका थ्रुपै उदाहरण छन् । खेल जीवन पछि पनि स्वदेशमै बस्ने वातावरण बनाउन सरकारले नीतिगत पहल गर्न आवश्यक छ । 
३)  साग खेलका स्वर्ण पदक विजेता खेलाडी, एसियन गेम्स्मा पदक प्राप्त गरेका खेलाडी एवं ओलम्पियन खेलाडीहरुलाई दिदैं आइरहेको आजिवन प्रोत्साहन भत्तालाई निरन्तरता दिदैं आइरहेको छ । तर कार्यविधि पारित नहुँदा खेलाडीहरुले पटक पटक प्रोत्साहन भँत्ताको लागि सम्बन्धित निकायमा धाउनु पर्ने अवस्था छ । त्यसैले कार्यविधि पारित गर।उन यहाँबाट पहल गरिदिनु हुन हार्दिक अनुरोध छ । साथै खेलाडीहरुको प्रोत्साहन स्वरुप सागमा रजत र कास्य पदक विजेता खेलाडीहरुलाई पनि भत्ताको व्यवस्था गर्नुपर्ने।
४) विगतमा दक्षिण एसियाली खेलकुदमा स्वर्ण, एसियाली खृलकुदमा पदक प्राप्त खेलाडीहरुको भविश्य सुनिश्चिताका लागि प्रोत्साहन स्वरुप राज्यले खेलकुद मै रोजगारीको ब्यवस्था गरेको थियो । १२ औं साग पश्चात उक्त ब्यवस्था हटाइएकोमा उक्त ब्यवस्थालाई फेरी निरन्तरता गर्न माग गर्दछौं ।

५) राष्ट्रिय खेलाडी कल्याण कोषमा हाल १ करोड ४० लाख रुपैयाँ रहेको जानकारी गराउँछौं। खेलाडी कल्याणकारी कोष, शुरुमा १ करोड रकमले स्थापना भएको थियो। त्यस पश्चात २ वर्षसम्म प्रत्येक वर्ष १०–१० लाख रकम कोषमा थप हुने गरी अर्थ मन्त्रालयबाट विनियोजन भएकोमा केही वर्षदेखि कोषमा नियमित रुपमा रकम थप गर्दै जाने कार्य रोकिएको अवगत गराउन चाहन्छौं । तसर्थ उक्त कल्याण कोषलाई मजबुत बनाउन हरेक वर्ष २० लाखको दरले कोषमा रकम थप गर्दै जाने प्रक्रियाको आवश्यक पहल गर्न संघको अनुरोध रहेको छ । 

६) राष्ट्रिय कल्याणकारी कोष, २०६८ को कार्यविधि अनुसार विरामी, घाइते तथा अशक्त खेलाडीहरुलाई आंशिक रुपमा राहत प्रदान गर्दै आइरहेको छ । खेलकुद ऐन, २०७७ मा राष्ट्रिय खेलाडी कल्याणकारी कोषको सत्तामा खेलाडी कल्याणकारी कोष मात्र उल्लेख भएको छ । उक्त ब्यवस्था अनुसार कुन स्तरका खेलाडीहरुले सो कोषबाट सेवा सुविधा प्राप्त गर्ने भन्ने स्पष्ट नहुनुका साथै कोष संचालन प्रभावकारी नहुने देखिन्छ । तसर्थ ऐनमा उल्लेख भएको खेलाडी कल्याणकारी कोषलाई राष्ट्रिय खेलाडी कल्याण्कारी कोष नै नामाकरण गरी प्रभाबकारी रुपमा संचालन भइरहेको राष्ट्रिय कल्याणकारी कोष, २०६८ को कार्यविधिलाई निरन्तरता दिनुपर्ने माग गर्दछ ।

देशभरका सम्पूर्ण खेलाडीहरुको छाता संगठन नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ यी सबै राय सुझावहरु तत्काल सम्बोधनका लागि सम्बन्धित निकायमा अनुरोध गर्न चाहन्छ । 


...................                        ...................
शिवसुन्दर गोथे                         दीपक श्रेष्ठ         महा–सचिव                            अध्यक्ष
                             
 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन
umbro nepal
  • ताजा समाचार
  • खेल आज
मेसी विश्वकप छनोट खेल्न अर्जेन्टिनामा फर्किए
मेसी विश्वकप छनोट खेल्न अर्जेन्टिनामा फर्किए
नेपाल सुपर थ्रीमा
नेपाल सुपर थ्रीमा
यमलको सिजन !
यमलको सिजन !
बंगलादेशलाई हराउन सक्छौं ?
बंगलादेशलाई हराउन सक्छौं ?
बार्सिलोनाले जित्यो २८औंपल्ट ला लिगाको उपाधि
बार्सिलोनाले जित्यो २८औंपल्ट ला लिगाको उपाधि
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP