काठमाडौं । पाँचथरको रानीटारमा प्रथम महिला ल्होसार गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
रानीटारस्थित बराजु खेल मैदानमा हुने प्रतियोगिता पुसको १२ गतेदेखि १५ गतेसम्म आयोजना हुनेछ ।
प्रतियोगितामा प्रदेश १ का आठ महिला टिमको सहभागिता रहने छ ।
सहभागी टिममा द सेभेन युथ क्लब धनकुटा, धरान महिला फुटबल क्लब, कन्काई नगरपालिका, कर्ण सिंह सोनाम मेमोरियल क्लब, पथरी सनिश्चरे उमेन्स, जनता सेभेन फुटबल क्लब, आठराई गाउपालिका,रानीटार युनाईटेडको सहभागिता रहने छ ।
प्रतियोगिताको विजेताले ५० हजार प्राप्त गर्ने छन् । उपविजेताले ३० हजार पाउने छन् ।
यस्तै उत्कृष्ट खेलाडी, गोल रक्षक, डिफेन्डर र मिडफिल्डरले नगद पुरस्कार पाउने छन् ।