काठमाडौं । सन् २०२१ को बेलन डे अर अवार्डको दौडमा रोबर्ट लेवानडोस्की दोस्रो स्थानमा रहे, लियोनल मेस्सीपछि।
धेरैले मेस्सीको स्थानमा यी पोलिस खेलाडीले नै यो अवार्ड जित्नु पर्ने खालेको प्रतिक्रिया दिइरहेका छन् ।
यसबीच स्वंय यिनै बायर्न म्युनिक खेलाडीको भनाइ पहिलो पल्ट बाहिर आएको छ । यसक्रममा उनले आफ्नो निराशा पोखेका छन् र आफू दु:खी रहेको बताएका छन् ।
सन् २०२०–२०२१ को सिजनमा लेवानडोस्कीले ४८ गोल मात्र गरेनन्, अन्य नौ गोलमा सहयोगी भूमिका पनि खेले ।
यसैक्रममा बायर्नले जर्मन बुंडेसलिगा, जर्मन सुपरकप, यूईएफए सुपकरप, र फिफा विश्वकप जितेको थियो । अब यति धेरै सफलतापछि पनि अवार्ड नपाउने भएपछि दु:ख त लाग्ने नै छ ।
:focal(1314x345:1316x343)/origin-imgresizer.eurosport.com/2021/11/03/3247847-66474208-2560-1440.jpg)
लेवानडोस्कीले मिडियासँगको कुराकानीमा भनेका छन्, ‘म खुसी छु, यो मैले भन्नै सक्दिन । खासमा म दु:खी छु, निराश छुं । मेस्सीसँग प्रतिस्पर्धामा उभिनु पनि आफैमा ठूलो हो । मेस्सीप्रति मेरो ठूलो सम्मान पनि छ । यो अवार्डको यति नजिक पुग्नुले पनि मेरो खेल कहाँनिर छ भनेर देखाउँछ ।’