काठमाडौं । लिभरपुलका मुख्य प्रशिक्षक योर्गेन क्लोपले फरवार्ड मोहमद सलाह क्लबमै बस्नेमा आफु आशावादी भएको बताएका छन् ।
लिभरपुलसँग सलाहको सम्झौता सकिने मिति नजिकिदै गर्दा क्लोपले उनी क्लबमै बस्नेमा आशावादी रहेको बताएका हुन्।
इजिप्टका फरवार्ड सलाहको सम्झौता १८ महिनापछि सकिदैछ ।
'हामी कुरा गर्दैछौं । मोहमद जस्तो खेलाडीको लागि सम्झौता विस्तार गर्नु भनेको एक कप चियाको लागि भेटेर सम्झौता गर्नु जस्तो होइन,' क्लोपले भनेका छन्, 'मोहमदलाई ठिक छ म ठिक छु । हामी के चाहन्छौ भन्ने स्पस्ट छ । यस्ता कुराले समय लिन्छ ।'
२९ वर्षीय सलाह २०१७ मा रोमाबाट लिभरपुल आएका थिए । यस सिजन प्रिमियर लिगमा उनले १३ गोल गरिसकेका छन्।