काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बंगलादेशमा आयोजना हुने साफ यू-१९ महिला फुटबल च्याम्पियनसिप खेल्ने नेपाली टोलीलाई बिदाइ गरेको छ ।
एन्फाले सोमबार ढाका जाने महिला यू-१९ टोलीलाई बिदाइ गरेको हो । नेपाली टोली मंगलबार त्यसतर्फ प्रस्थान गर्ने छन् ।
नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा लगायतले बिदाइ गरे ।
प्रतियोगिताका लागि मुख्य प्रशिक्षक हरि ओम श्रेष्ठले २३ सदस्सीय टिमको घोषणा गरिसकेका छन् ।
साफ यू-१९ महिला च्याम्पियनसिप डिसेम्बर ११ देखि २२ तारिखसम्म ढाकामा आयोजना हुनेछ ।
प्रतियोगितामा पाँच टिमले सहभागिता जनाउनेछन् । आयोजक बंगालदेशसँगै नेपाल, भुटान, भारत र श्रीलंकाले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।

नेपालले आफ्नो पहिलो खेल आयोजक बंगालदेशविरुद्ध डिसेम्बर ११ तारिखमा खेल्नेछ ।
नेपालले दोस्रो खेल श्रीलंकाविरुद्ध १५ तथा तेस्रो खेलमा भुटानविरुद्ध १७ तारिखमा खेल्नेछ ।
राउन्ड रोविनका आधारमा हुने प्रतियोगिताको चौथो खेल नेपालले भारतविरुद्ध डिसेम्बर १९ मा खेल्ने तालिका रहेको छ ।
राउन्ड रोविन खेलपछि शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन् । फाइनल डिसेम्बर २२ मा हुनेछ ।
नेपाली टिम :
अन्जना राना मगर, सावित्री किशन, अंकिता राई, सलोनी राना मगर, सबिना चौधरी,मन्जु कुमारी खड्का, हिमा रावत, प्रतिक्षा चौधरी, सुष्मा तामाङ,रोजिना श्रेष्ठ, रजनी थोकर, विमला बिक, रश्मी कुमारी घिसिङ, सदिपा भोलान, चन्द्रा भण्डारी, खुश्मा राई, दिपा शाही, कुसुम खतिवडा, सबिता राना मगर, सरस्वती हमाल, प्रिती राई, अमिशा कार्की, मेनुका कुमारी आले मगर