काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिग लिडर चेल्सी पराजित भएको छ ।
शनिबार भएको खेलमा चेल्सी वेस्ट ह्याम युनाईटेडसँग ३-२ गोल अन्तरले पराजित भएको हो ।
घरेलु मैदानमा सुरुआती एक गोलको अग्रता उल्टाएर वेस्ट ह्यामले जित निकालेको हो ।
लण्डन स्टेडियममा थियागो सिल्भाले २८ औं मिनेटमा गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए।
४० औं मिनेटमा मानुएल लान्जिनीले पेनाल्टीमा गोल गर्दै वेस्ट ह्यामलाई १-१ गोलको बराबरीमा फर्काए।
खेलको ४४ औं मिनेटमा मासन माउन्टले गोल गर्दै चेल्सीलाई २-१ को अग्रता दिलाए ।
खेलको ५६ औं मिनेटमा जार्रोड बोवेनले गोल गर्दै वेस्ट ह्यामलाई २-२ गोलको बराबरीमा फर्काए ।
त्यसपछि खेलको ८७ औं मिनेटमा आर्थुर मासुकाले गोल गर्दै वेस्ट ह्यामलाई ३-२ को जित दिलाए ।

यस जितसँगै वेस्ट ह्यामले १५ खेलमा २७ अंक जोडेको छ ।
वेस्ट ह्याम चौंथो स्थानमा रहेको छ ।
चेल्सी १५ खेलमा ३३ अंक जोडेर शीर्ष स्थानमा यथावत रहेको छ ।