काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले च्यासल युथ क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा च्यासलले १-० गोलको अग्रता बनाएको छ ।
च्यासलका रुमेश बर्तौलाले ४३ औं मिनेटमा गोल गरे ।
आज दुबै टिम जित निकाल्ने योजनासहित मैदान उत्रिएका छन् ।
च्यासल दोस्रो जितको खोजीमा हुनेछ । च्यासलले अघिल्ला दुई खेलमा १ जित र एक हार व्यहोरेको छ ।
एनआरटी पहिलो जितको खोजीमा हुनेछ । एनआरटीले २ खेलमा १ अंक जोडेको छ ।