काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा संकटा क्लबले शनिबार मनाङ मर्स्याङ्दी क्लबसँग बराबरी खेलको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा संकटाले मनाङसँग २-२ गोलको बराबरी खेलेको हो ।
आठ पटकको कीर्तिमानी च्याम्पियन मनाङलाई बराबरीमा रोकेपछि संकटाका मुख्य प्रशिक्षक बिष्णु गुरुङ खुशी देखिए ।
बिष्णुले योजनाअनुसार खेल्दा बलियो टिम मनाङलाई बराबरीमा रोक्न सफल भएको बताए ।
'जुन योजना अनुसार खेलेका थियौं । सफल भएका छौँ । म खुशी छु,' बिष्णुले भने, 'खेलाडीले व्यक्तिगत पनि राम्रो खेले । तर, अन्तिममा आएर गोल खान पुग्यौ । त्यसले गर्दा गोल अंक बाढ्न पुग्यौ । यसमा भने दुखी छु ।'
दुई पटक अग्रता बनाएर पनि संकटाले मनाङसँग बराबरी खेल्नु परेको हो ।
यस्तै प्रशिक्षक गुरुङले आफ्नो टिमको खेल सबैले मन पराउने बताए ।
'हाम्रो पोजिसज एग्रेसिभ छ । हामिले हरेक मिनेटलाई क्याटगोराईज गरेका छौँ । कति मिनेट कसरी खेल्ने हाम्रो छुट्टै योजना छ । बिस्तारै हाम्रो खेल सबैले मन पराउने छन्, ' उनले ।
मनाङसँग बराबरीमा रोकिएपनि संकटा तेस्रो स्थानमा उक्लिएको छ ।
संकटाले ५ अंक जोडेको छ ।