• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
संकटासँग मनाङको रोमान्चक बराबरी  
खेलपाटी संवाददाता
शनिबार, मंसिर १८, २०७८ खेलपाटी संवाददाता
संकटासँग मनाङको रोमान्चक बराबरी  

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लबले  संकटा क्लबसँग रोमान्चक बराबरी खेलको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा मनाङले संकटासँग २-२ गोलको बराबरी खेलेको हो ।

संकटाका लागि निरज बस्नेत र उत्तम राईले एक एक गोल गरे ।

कीर्तिमानी आठ पटकको च्याम्पियन मनाङका लागि दयानन्द सिंह र फ्रान्कलिन क्वेटाले एक एक गोल गरे ।

प्रतिस्पर्धात्मक बनेको खेलको २९ औं मिनेटमा मनाङले गोलको अवसर गुमायो । संकटाका गोलकिपर राजाबाबु गुरुङ बिट भईसकेको अवस्थामा मनाङका कप्तान अन्जन विष्टले प्रहार गरेको बल निरज बस्नेतले गोललाइनबाट बचाए ।

लगत्तै ३१ औं मिनेटमा निरजले गोल गर्दै संकटालाई सुरुआती अग्रता दिलाए । लक्ष्मण रुचालको फ्रिकिक पासमा निरजले हेडरमार्फत गोल गरे ।  

तर, खेलको ३५ औं मिनेटमा दयानन्दले गोल गर्दै मनाङलाई १-१ गोलको बराबरीमा फर्काए । पुजन उपरकोटीको फ्रिकिकमा फ्रान्कलिन क्वेटाको पासमा भारतीय मिडफिल्डर दयानन्दले हेडरमार्फत गोल गरे ।

May be an image of 3 people, people playing sports, people standing and outdoors

दोस्रो हाफमा दुबै टोलीले आक्रामक खेल पस्किएको थियो ।  

खेलको ७० औं मिनेटमा उत्तमले गोल गर्दै संकटालाई २-१ को अग्रता दिलाए । दोस्रो हाफमा मैदान प्रवेश गरेका उत्तमले फोडे फोफानाको पासमा सिक्स यार्ड बक्सबाट गोल गरे । उतम ६५ औं मिनेटमा सुवास गुरुङको स्थानमा मैदान प्रवेश गरेका थिए ।

७४ औं मिनेटमा सरोज योन्जन लामाले पेनाल्टी एरियाको ठिक बाहिरबाट प्रहार गरेको बल संकटाका गोलकिपर राजाबाबुले बचाएपछि मनाङ बराबरी गर्न चुकेको थियो ।

तर, खेलको इन्जुरी समयमा फ्रान्कलिनले गोल गर्दै मनाङलाई २-२ गोलको बराबरीमा ल्याएर हारबाट जोगाए ।

संकटाका निरज बस्नेतले हेडमार्फत क्लियर गरेको बलमा पेनाल्टी एरियाको ठिक बाहिर रहेका फ्रान्कलिनको भली प्रहारले पोस्टको जाली चुमेको थियो ।

May be an image of 4 people, people playing football, people standing and grass

यस बराबरीसँगै मनाङले ३ खेलमा ७ अंक जोडेको छ । मनाङ दोस्रो स्थानमा यथावत रहेको छ ।

मनाङले पहिलो खेलमा जावलाखेल युथ क्लबलाई १-० ले हराएको थियो । यस्तै दोस्रो खेलमा हिमालयन शेर्पालाई १-० ले नै हराएको थियो ।

संकटा भने ५ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । संकटाले पहिलो खेलमा हिमालयन शेर्पासँग १-१ गोलको बराबरी खेलेको थियो । दोस्रो खेलमा संकटाले फ्रेन्ड्स क्लबलाई २-१ गोल अन्तरले पराजित गरेको थियो ।

खेलमा संकटका टाम्पी अर्नेस्ट म्यान अफ दि म्याच चुनिए ।  संकटाकै जय गुरुङ इमर्जिङ प्लेयर बने ।

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
फ्रेन्ड्सको जितमा मन्दीपको ५ गोल
फ्रेन्ड्सको जितमा मन्दीपको ५ गोल
स्वदेश फर्कियो महिला टोली
स्वदेश फर्कियो महिला टोली
नेपालले सेप्टेम्बरमा बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्ने
नेपालले सेप्टेम्बरमा बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्ने
आर्सनल भित्रिए जुबिमेन्डी
आर्सनल भित्रिए जुबिमेन्डी
स्वदेश फर्किँदै महिला टोली
स्वदेश फर्किँदै महिला टोली
पुनः जीवित स्विट्जरल्यान्ड
पुनः जीवित स्विट्जरल्यान्ड
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
फ्रेन्ड्सको जितमा मन्दीपको ५ गोल
फ्रेन्ड्सको जितमा मन्दीपको ५ गोल
स्वदेश फर्कियो महिला टोली
स्वदेश फर्कियो महिला टोली
नेपालले सेप्टेम्बरमा बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्ने
नेपालले सेप्टेम्बरमा बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्ने
आर्सनल भित्रिए जुबिमेन्डी
आर्सनल भित्रिए जुबिमेन्डी
कीर्तिमानी मुल्डर
कीर्तिमानी मुल्डर
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP