काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले संकटा क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा मनाङ र संकटाले १-१ गोलको बराबरी खेलेका छन्।
संकटाका निरज बस्नेतले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए ।
तर, मनाङका दयानन्द सिंहले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए ।
संकटा आज दोस्रो जितको खोजीमा रहेको छ । संकटा २ खेलमा ४ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
मनाङ भने लगातार तेस्रो जितको खोजीमा रहेको छ । अपराजित मनाङ २ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ।
मनाङ आज संकटालाई हराएर शीर्ष स्थानमा उक्लन चाहन्छ ।